News

बंगलादेशमा हिन्दु विरुद्धको आक्रमण नरोकिए अन्य देशका इस्लाममाथि प्रतिक्रिया हुन सक्छ : नेपाल जनता पार्टी

बंगलादेशमा हिन्दु विरुद्धको आक्रमण नरोकिए अन्य देशका इस्लाममाथि प्रतिक्रिया हुन सक्छ : नेपाल जनता पार्टी

नेपाल जनता पार्टीले मुस्लिम राष्ट्र बगलादेशमा भईरहेको हिन्दू मन्दिर र हिन्दूहरुमाथिको आक्रमणको भत्र्सना गरेको छ। पार्टीका वरिष्ठ नेता सिद्धार्थ गौतमले प्रस विज्ञप्ति जारी गरी त्यस्ता घट्ना रोक्न शेख हसीना वाजेद नेतृत्वको सरकारलाई आग्रह पनि गरेको छ।

‘मुस्लिम राष्ट्र बगलादेशमा हालको दिनमा हिन्दू मन्दिर र हिन्दूहरुमाथि भएको बर्बरतापूर्ण आक्रमणको नेपाल जनता पार्टी तीव्र भत्र्सना गर्दछ । बंगलादेशमा हिन्दू विरोधी धार्मिक अतिवादीहरुले कैयौं हिन्दू÷बौद्ध मन्दिर ध्वंस पारेका छन्, पवित्र मूर्तिहरु तोडफोड गरेका छन्, आतंकपूर्ण हमलामा कैयौं घर तोडफोड गरिएको छ’ विज्ञप्तिमा भनिएको छ–‘यस क्रममा ३० जना हिन्दूहरुको हत्या पनि भएको छ । हिन्दू धर्मावलम्वी विरुद्धको यस बर्बरतापूर्ण आक्रमणको श्रृंखला तत्काल रोक्न, हिन्दू मन्दिरहरुलाई सुरक्षा दिन र बंगलादेशका हिन्दू लगायत अन्य धार्मिक अल्पसंख्यक समूहलाई धार्मिक अतिवादीहरुबाट सुरक्षाको ग्यारेन्टी प्रदान गर्न नेपाल जनता पार्टी शेख हसीना वाजेद नेतृत्वको सरकारलाई आग्रह गर्दछ ।’
 
विज्ञप्तिमा यस्तै अवस्था रहे अन्य देशमा अल्पसंख्यक इस्लाम धर्मावलम्वीहरुमाथि पनि प्रतिक्रिया हुन सक्ने जनाईएको छ। ‘बंगलादेशी हिन्दूहरु माथिको आक्रमण धार्मिक आस्था माथिको स्वतन्त्रता र अन्ततः प्रजातन्त्र माथि नै आक्रमण हो । यस प्रकारको घटना यदि रोकिएन भने प्रजातन्त्रप्रेमी विश्व समुदायले बंगलादेशलाई माफ गर्नेछैनन् भन्ने शेख हसीना सरकारले बुझ्नु उचित हुनेछ’ अगाडि भनिएको छ–‘यसप्रकारको अल्पसंख्यक विरुद्धको घटनाले अन्य देशमा रहेका अल्पसंख्यक इस्लाम धर्मावलम्वीहरुमाथी प्रतिक्रिया हुन सक्ने कुरा पनि बुुझ्नु जरुरी छ ।’

पार्टीले नेपाल सरकार र राजनीतिक दलहरुको पनि आलोचना गरेको छ। ‘हिन्दुहरुमाथि यस्तो बर्बर आक्रमण हुँदा पनि कुनै प्रतिक्रिया नजनाई मौन समर्थनको मुद्रामा बस्ने नेपाल सरकार, सरकारभित्र र बाहिर रहेका राजनीतिक दलहरु, कथित नागरिक समाज र हिन्दुत्वको कथित नारा लगाएर राजनीति गर्ने व्यक्ति तथा समूहहरुप्रति नेपाल जनता पार्टी तीव्र आक्रोश व्यक्त गर्दछ’ विज्ञप्तिमा लेखिएको छ–‘यस घटनाले उनीहरुको हिन्दू विरोधी र धर्म विरोधी असली अनुहारलाई उदाङ्ग पारेको मात्र छैन धार्मिक आतंकवाद तथा धार्मिक द्वन्द्वको आगोमा स्वार्थको रोटी सेक्न पछि नहट्ने चरित्र स्पष्ट पारेको छ । धर्म प्रेमी तथा धार्मिक सद्भावनामा विश्वास राख्ने सम्पूर्ण नेपाली जनताले यसका निम्ति समय क्रममा उनीहरुलाई प्रत्यक्ष दण्डित गर्नेछन् । नेपाल जनता पार्टी हिन्दु–बौद्ध र अन्य धार्मिक अल्पसंख्यकहरुको पक्षमा, धार्मिक सद्भाव र शान्तिको पक्षमा रहेको छ र यस क्रममा सम्पूर्ण नेपाली जनताको भावनालाई प्रतिनिधित्व गर्न सदा अग्रसर एवं सक्रिय रहनेछ ।’
 

विशेष