News

ओलीले विशाल भट्टराईलाई पनि तातो थाङ्नामा सुताए !

ओलीले विशाल भट्टराईलाई पनि तातो थाङ्नामा सुताए !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा सहमति गर्ने नाममा धेरै नेताको राजनीतिक भविष्यमा कैची लगएका छन् । कसैलाई केन्द्रीय सदस्यमा मनोनित गर्नेदेखि कतिपयलाई प्रदेशमा समेट्ने आश्वासलन दिएर उनले जालझेल गरिरहेका छन् ।

आफ्नै कोटरीमा रहेका पार्टीका प्रमुख सचेतक विशाल भट्टराई समेत अध्यक्ष ओलीले आइतबार राति सर्वसम्मतिका लागि पेस गरेको केन्द्रीय कमिटी सदस्यको सूचीमा परेका छैनन्। स्रोतका अनुसार उनलाई प्रदेश १ को अध्यक्ष वनाउने सर्तमा लिष्टवाट आउट गरिएको हो ।

भट्टराईइले पनि ओलीको प्रश्तावलाई स्विकार गरेका छन् । ओलीले यसअघि सुवास नेम्वाङ्गलाई पनि अनुकुल भए भविष्यमा राष्ट्रप्रति वनाउने आश्वासन दिएर रिङ आउट गर्न खोजेका थिए ।

भट्टराईलाई तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा विवाद उत्कर्षमा पुगेका बेला ओलीले नेकपा संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका थिए।  त्यतिबेला उनले माओवादी केन्द्रबाट आएका देव गुरूङलाई बर्खास्त गरेका थिए।

नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र बनेपछि भट्टराई एमालेका प्रमुख सचेतक बनेका थिए। भट्टराई त्यसपछि ओलीका हरेक कदमको खरो बचाउमा उत्रिएका थिए। खोटाङबाट दुई पटक सांसद भइसकेका भट्टराईलाई ओलीले यसपालि महाधिवेशनबाट आफ्नो टिममा समेट्छन् भन्ने धेरैको अनुमान थियो।

तर, ३०१ जना केन्द्रीय सदस्यको सूचीमा पनि भट्टराईको नाम नपरेपछि कतिपय नेताले आश्चर्य ब्यक्त गरेका छन् ।

केपी शर्मा ओली विशाल भट्टराई

विशेष