ओलीसँग किन रिसाए पूर्वमन्त्री लालवावु पण्डित ?

मन्त्री छँदा डिभी र पिआरधारी कर्मचारी विरुद्ध जाई लागेर चर्चा कमाएका नेता लालबाबु पण्डितले नेकपा एमालेको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।
पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा राखिएपछि उनले पद अस्विकार गरेका हुन । ओलीको प्रश्तावप्रति असन्तुष्टि जनाउँदै पण्डितले सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् ।
सोमबार सामाजिक सन्जालमा पण्डितले लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’
पण्डितले अब पार्टीको संगठित सदस्य मात्र भएर बस्ने बताए । आफूले केन्द्रीय सदस्यमा पहिले नै उठ्दिन भने पनि अहिले केन्द्रीय सदस्यमा राखेकाले अस्वीकार गरेको बताए ।
लालबाबु पण्डित