News राजनीति

ओलीले केन्द्रीय कमिटीमा अटाएका यी हुन भाग्यमानी जोई–पोई

ओलीले केन्द्रीय कमिटीमा अटाएका यी हुन भाग्यमानी जोई–पोई

नेकपा एमालेको दसौँ महाधिवेशनवाट ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको छ। ३०१ सदस्यीय केन्द्रीय कमिटीमा एकै घरबाट दुईभन्दा धेरै नेता पनि परेका छन्। 

महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखरेलको परिवारवाट तीन जना कन्द्रीय कमिटीमा परेका छन् । पोखरेल परिवारबाट उनीसहित पत्नी सुजिता शाक्य र बहिनी मेनका पोखरेल एमालेको नेतृत्वमा पुगेका छन्। 

शंकर पत्नी सुजिता शाक्य खुला महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन्। शाक्य एमालेकी उपत्यका विशेष कमिटी अध्यक्ष तथा समानुपातिक संघीय सांसदसमेत हुन्। 

एमाले नेतृ सुजिता शाक्य समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेकी छिन् ।  ५ नम्बर प्रदेशका मुख्यमन्त्री पक्का पक्की भएकाले एमाले नेता शंकर पोख्रेलकी पत्नी शाक्य जनजाति कोटबाट समानुपातिक सांसद भएकी हुन् ।

पोखरेलकी बहिनी मेनका पनि लुम्बिनी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य बनेकी हुन्। लामो समय प्राध्यापनमा सक्रिय उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्छिन्। उनले सक्रिय राजनीति पनि गरिरहेकी छन्। 

उनी पञ्चायतकालमै तत्कालीन शासकविरुद्धको आन्दोलनमा भूमिगत भएकी थिइन्। एमाले केन्द्रमा पुग्नुअघि यही पार्टीको भ्रातृसंगठन अनेरास्ववियुको केन्द्रीय सदस्य भइसकेकी थिइन्। 

पञ्चायत विरोधी आन्दोलनका क्रममा भूमिगत रहँदा नै पक्राउ परेर उनी २ वर्ष जेल पनि बसेकी थिइन्। एमाले राजनीतिमा सक्रिय उनी मदन भण्डारी मेमोरियल कलेजकी सञ्चालिका पनि हुन्। 

यसैगरी, रघुवीर महासेठ यो पटक एमाले केन्द्रीय सचिवमा प्रस्तावित छन्। यद्यपि सचिव पदमा पनि चुनाव हुने अवस्था छ। ओली सरकारमा मन्त्री हुँदा उनी चर्को विवादमा मुछिएका थिए । रघुवीरकै श्रीमती जुलीकुमारी महतोलाई पनि केन्द्रीय सदस्य बनाएका छन्।  ओली सरकारमा मन्त्रीसमेत बनेकी उनलाई जनजाति महिलाबाट केन्द्रीय सदस्य बनाइएको हो। 

नेकपा विभाजनका बेला आफूलाई साथ दिएका शेरबहादुर तामाङलाई यसअघि नै केन्द्रीय कार्यालय सचिव बनाईएको छ। सचिवमा इच्छा देखाएका उनले केन्द्रिय सदस्य पाएका छन् भने उनकी श्रीमती उषाकला राई पनि केन्द्रीय सदस्य बनेकी छन्। उनलाई ओलीले प्रदेश १ बाट केन्द्रीय सदस्य बनाएका हुन्। 

उषाकला यसअघि शेरधन राई सत्तामा रहँदा प्रदेश १ मा मन्त्री समेत भएकी थिइन्। उनी लोकल रक्सी ब्रान्डिङको कुराले चर्चामा छिन्।
 

एमाले महाधिवेशन

विशेष