सकियो एमालेको मतदान

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहामा जारी मतदान सकिएको छ। एमालेको ३०१ सदस्य केन्द्रीय कमिटी चयन गर्न चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आज (मंगलबार) बिहानै ४ बजे सुरु भएको विद्युतीय मतदान केही बेरअघि सकिएको हो।
केन्द्रीय निर्वाचन आयोगका अनुसार कूल मतदाता २ हजार १ सय ५३ मध्ये २ हजार ८१ मत खसेको छ।
आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार परिणाम घोषणालाई धेरै समय लाग्दैन। डिजिटल मतलाई कागजमा मुचुल्का उठाएर सबै बुथको मत जोडेपछि परिणाम घोषणा गर्ने उनले वताए । दिउँसो २ बजेसम्ममा परिणाम घोषणा भइसक्ने उनले वताए ।