News

एमाले नेतृत्वलाई बालिकाको चुनौतीः अव जस्ताको तस्तै युवा संघको नेतृत्वमा फर्कन्छु

एमाले नेतृत्वलाई बालिकाको चुनौतीः अव जस्ताको तस्तै युवा संघको नेतृत्वमा फर्कन्छु

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले वलात्कार गरेको विषयलाई सार्वजनिक गरेका कारण संगठित सदस्यता नविकरण नगरिएको भन्दै बालिका खड्काले नेकपा एमालेको नेतृत्वलाई चुनौती दिएकी छिन् ।

पार्टीको नेतृत्वमा पुगिसेको ब्यक्तिलाई संगठित सदस्यता नविकरण नगरिदिएको विषयमा असन्तुष्टी ब्यक्त गर्दै उनले अव आफु जस्ताको तस्तै राष्ट्रिय युवा संघको नेतृत्वमा फर्किने वताएकी छिन् । फेसवुकमा उनले लेखेकी छिन्–‘अब यो अन्धाधुन्ध बनाईरहने हो भने म जस्ताको तस्तै राष्ट्रिय युवा संघ नेपाल कै जिम्मेवारीमा फर्कदैछु ।’

बालिका खड्काले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा काम गरेकी थिईन ।  उनी युवा संघ नेपालको केन्द्रीय सदस्य र महिला युथ फोर्सको केन्द्रीय सचिव भएकी थिईन्।

दसौं महाधिवेशनका क्रममा भने पार्टीले आफनो सदस्यता नविकरणमा रोक लगाएको उनले जानकारी दिईन् । मुख्यमन्त्री राई विरुद्ध वोलेकै कारण आफ्नो राजनीति सिद्याउने षडयन्त्र भएको उनको आरोप छ।

बालिका खड्का

विशेष