News

जिप दुर्घटनामा वडा सदस्यसहित चार जनाको मृत्यु

जिप दुर्घटनामा वडा सदस्यसहित चार जनाको मृत्यु

म्याग्दीमा जिप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ।

रघुगंगा गाउँपालिका–१ बेगमा बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच दुर्घटना भएको हो । दुर्घटनामा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्माको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गौमाया विक रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् । पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याउँदा बाटोमै मृत्यु भएको हो।

५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहरुलाई बेनी अस्पतालबाट थप उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ । जिप सडकबाट करिब तीन सय मिटर तल खोल्सामा खसेको छ ।
 

विशेष