News

गरिवको पार्टी एमालेको महाधिवेशन खर्च १५ करोड !

गरिवको पार्टी एमालेको महाधिवेशन खर्च १५ करोड !

नेकपा एमालेको महाधिवेशन चितवनको सौराहामा जारी छ। एमालेजननको तमझाम र रौनक हेर्दा जो कोहीलाई लागेको एउटा विषयमा छ– महाधिवेशनमा कति खर्च भयो होला ?

जानकारी अनुसार अनुसार एमाले महाधिवेशनमा करिव १५ करोड रुपैयाँ खर्च भएको छ। मजदुर, किसान र गरिवको पार्टी भन्न रुचाउने पाटीले एउटै महाधिवेशनमा १५ करोड रुपैयाँ खर्च गरेको हो । एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले नै सौरहामा मात्रै नौ करोड रुपैयाँ खर्च भएको वताएका छन् । निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको उनी वताउँछन् ?

अन्य नेताहरुको अनुमानमा भने सौराहामा मात्रै पार्टीको १० करोडभन्दा वढि खर्च भएको छ। कार्यालय सचिव तामाङ्गका अनुसार  सौरहामा महाधिवेशनको खर्च सात करोड ५० लाख अनुमान गरिएको थियो। तर, दुई दिन लम्बिँदा नौ करोड खर्च भएको हो । दुई दिन महाधिवेशन लम्बिनु अप्रत्यासित नै भएको बताउँदै तामाङले भने ‘यसकारण अलि बढी खर्च भएको हो ।’

महाधिवेशन लम्बिँदा खान बस्ने थप एक करोड ५० लाख खर्च भएको तामाङले जानकारी दिए । उनकाअनुसार महाधिवेशनका लागि जम्मा सात करोड ५० लाखको बजेट बनाइएको थियो । ‘दुईदिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना बढेको छ,’ उनले भने–‘सबै बिलहरू के–कति खर्च भयो भन्ने एकिन हुन्छ ।’

एमालेले उद्घाटन सत्रका लागि नदि किनारमा वनाईएको मञ्चका लागि मात्रै ५० लाख रुपैयाँ खर्च गरेको थियो । यसैगरी ललितपुरमा भएको विधान महाधिवेशनमा चार करोड ७१ लाख रुपैयाँ खर्च भएको तामाङले जानकारी दिए।

दुवै स्थानको खर्च जोड्दा करिव १५ करोड रुपैयाँभन्दा वढि खर्च भएको वताईन्छ।
 

नेकपा एमाले महाधिवेशन खर्च

विशेष