News

एमाले महाधिवेशनः ओलीलाई ४ सय मत आउँदा रावललाई ४२

एमाले महाधिवेशनः ओलीलाई ४ सय मत आउँदा रावललाई ४२

नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको प्रारम्भिक परिणाम अनुसार वर्तमान अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अग्रता बनाएका छन्। 

निर्वाचन आयोगका अनुसार ओलीले ४०० मत ल्याउँदा उपाध्यक्ष भीम रावलको पक्षमा ४२ मत मात्रै झरेको छ। अहिले सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फेरेन्स हलमा मतगणना भइरहेको छ।  

निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतगणना सुरू भएको दुई घण्टामै परिणाम सार्वजनिक भइसक्ने बताएका छन्। एमालेमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। जसमा दुई हजार ९६ मत खसेको छ। 

विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने सुब्बाले बताए। अध्यक्षमा केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच प्रतिस्पर्धा भएको छ। एमालेको नेतृत्व चयनका लागि मंगलबार बिहान ४ बजेदेखि मतदान भएको थियो। 

निर्वाचन आयोगका अध्यक्ष सुब्बाका अनुसार महाधिवेशनमा दुई हजार एक सय ५३ मतदाता थिए। 
 

विशेष