News

एमाले अध्यक्षमा ओली भारी मतान्तरले विजयी, रावललाई १९६ मत

एमाले अध्यक्षमा ओली भारी मतान्तरले विजयी, रावललाई १९६ मत

नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ९ सय मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी भीम रावलले १ सय ९६ मत पाएका छन् ।

उपाध्यक्षको मत गणना शुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ । शुरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि रावलले अस्वीकार गरको थिए ।

त्यसपछि मतदान प्रक्रिया अघि बढाइएको थियो । बिहान ४ बजेबाट मतदान शुरु गरी दिउँसो एक बजेबाट गणना शुरु गरिएको थियो । 

नेकपा एमाले केपी शर्मा ओली १०औँ महाधिवेशन

विशेष