News

नेपाल र भारतका प्रधानमन्त्रीविच भेटवार्ता, जलवायु परिवर्तन र कोभिड–१९ बारे छलफल

नेपाल र भारतका प्रधानमन्त्रीविच भेटवार्ता, जलवायु परिवर्तन र कोभिड–१९ बारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ।

संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन गएका उनीहरुबीच मङ्गलबार भेटवार्ता भएको हो ।

उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ कसरी प्रगाढ र सुदृढ बनाउने भन्ने सन्दर्भमा कुराकानी भएको छ। भारती प्रधानमन्त्री मोदीले आफनो ट्वीटरमा लेखेका छन् ।  प्रधानमन्त्री शेरवहादुर देउवासँग फलदायी छलफल भयो। भारत–नेपाल मित्रताका विभिन्न पक्षमा विश्वव्यापी महामारीसँग लड्ने र दिगो विकासलाई अगाडि बढाउने विषयहरू हाम्रो द्विपक्षीय मित्रताका प्रमुख अंग हुन्।’

भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई रासायनिक मलको आपूर्तिमा भारतले गरेको सहयोगको निरन्तताका लागि आग्रह गरेका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशको आवश्यकता ठानेर नेपाललाई सहयोग गर्ने वचन दिएका छन् ।

यसैगरी प्रधानमन्त्री देउवाले दक्षिणी पश्चिमी सिमाना नेपालगञ्ज र महेन्द्रनगरबाट विमान प्रवेशबिन्दुको लागि स्वीकृति दिन भारतलाई आग्रह गरे। त्यसमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको आवश्यकतालाई आफूले सकारात्मक रुपमा लिएको बताए।

देउवाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण, भूकम्पपछिको पुनःनिर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भारतले गरेको सहयोगलाई निरन्तरता दिन पनि आग्रह गरेका थिए ।
 

विशेष