News

प्यासन वासना होटलमा कोठा भाडा लिएर झगडियासँग न्यायाधिशको वार्गेनिङ्ग

प्यासन वासना होटलमा कोठा भाडा लिएर झगडियासँग न्यायाधिशको वार्गेनिङ्ग

प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा विवादमा परेपछि सर्वोच्च अदालतका सवै न्यायाधिश विवादमा तानिन थालेका छन् । न्यायाधिशहरुले आचरण र मर्यादा विपरित गरेका कृयाकलापको वारेमा एकपछि अर्को सुचना वाहिरीने क्रम जारी छ।

तिनै मध्ये एक न्यायाधिशले झगडियासँग भेटघाट र मोलमोलाईका लागि दिल्ली बजारको प्यानसन बासना होलतमा पर्मानेन्टली कोठा भाडा लिएर राखेको पाईएको छ। उनले मुद्दा अनुसार झगडियालाई वोलाएर पैसाको वार्गेनिङ्ग गर्ने गरेको स्रोतको दावी छ। 

स्रोतका अनुसार प्यासन वासना होटलमा उनका लागि एउटा कोठा जहिल्यै बुक हुने गरेको छ। कार्तिक ११ गते नेपाल आजले नेपाल वार एसोसिएसनको सभाहलमा आयोजना गरेको ‘सवाल जवाफ’ कार्यक्रमका वक्ता सुवास ढकालले त त्यस वारेमा सार्वजनिक रुपमै कुरा उठाएका छन् । ‘प्यासन वासना भन्ने होटलमा न्यायाधिशले सेटिङ्ग गरेको हामीलाई जानकारीमा छ’ उनले भने–‘प्यासन वासनामा कुन कोठामा कतिखेर सेटिङ्ग हुन्छ, कुन झगडियासँग के कुरा भएको छ सवै रेकर्ड हामीले राखेका छौं।’

जनकपुरका सुुर्ती ब्यापारी विश्वनाथ साहलाई पनि न्यायाधिशले सोही कोठमा भेटेको चर्चा छ। साहको नाम देशकै ठुला भ्रष्टाचारीहरुसँग जोडिने गरेको छ। उनले त्यस्ता ब्यक्तिको कालोधन परिचाल गर्ने गरेको स्रोत वताउँछ। उनले होटल र रियलस्टेटमा लगानी गर्ने गरेका छन् । मेनपावर ब्यवसायमा लागेका उनी त्यसमा घाटा लागेपछि होटल र रियलस्टेटतर्फ लागेको स्रोतले वताएको छ । कालो धन परिचाल गर्ने साहलाई नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संरक्षण गर्ने गरको छन् ।

अवैध धनको कारोवार गर्नु पुर्व साह जनकपुर चुरोट कारखाना लिमिटेडमा काम गर्थे । तमाखु र सुर्ती सप्लाई गर्ने साह पछिल्लो समयमा एकाएक धनाढ्यका रुपमा स्थापित भएका छन् । विश्वनाथले पैसा लेन–देनको कुरा नमिलेकै कारण आफुले मुद्दा हारेको (हराईएको) भन्दै हिड्ने गरेका छन् ।

चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत विश्वनाथ साह प्यासन वासना होटल सुवास ढकाल

विशेष