News राजनीति

प्रधानमन्त्री देउवालाई एमसीसीकी डेपुटी सीईओले प्रश्नः संसद अधिवेशन किन अन्त्य गरेको ?

प्रधानमन्त्री देउवालाई एमसीसीकी डेपुटी सीईओले प्रश्नः संसद अधिवेशन किन अन्त्य गरेको ?

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ र आफुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) सम्झौता पास गर्छौं भनेर लेखेरै पठाएको वताएका छन् ।

जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिएर विहिवार स्वदेश फर्केका देउवाले विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा यस्तो वताएका हुन । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिने क्रममा प्रधानमन्त्री देउवा र एमसीसीकी डेपुटी सीईओले स्कटल्याण्डमा भेट भएको थियो ।

एमसीसी कहिलेसम्म पास हुन्छ भन्ने वारेमा उनीहरुको चासो रहेको वताएका उनले आफूले सत्ता साझेदार दलहरुको बीचमा कुराकानी भइरहेको जानकारी गराएको जानकारी दिए । 

एमसीसीकी डेपुटी सीईओले संसदको अधिवेशन किन अन्त्य गरेको त भनेर देउवालाई प्रश्न गरेकी थिईन । त्यसले एमसीसी सम्झौता पारित गर्ने प्रक्रिया प्रभावित हुनेमा उनको चिन्ता रहेको देउवाले वताए । देउवाले भने केही अध्यादेश ल्याउनुपर्ने भएकाले संसद अधिवेशन रोकिएको जवाफ दिएका थिए ।
 

शेरबहादुर देउवा

विशेष