News राजनीति

एउटा जनादेशबाट माधवलाई हैसियत महसुस गराउनुपर्छ, एकताको सम्भावना छैन

एउटा जनादेशबाट माधवलाई हैसियत महसुस गराउनुपर्छ, एकताको सम्भावना छैन

एमाले नेता तथा लुम्बिनी प्रदेशका ईन्चार्ज शंकर पोखरेलले पुस्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको अन्तर्संघर्षले जनमत गुमेको वताएका छन् ।

घोराहीमा आज आयोजित पत्रकार सम्मेलनमा पोखरेलले नेकपाभित्रकै माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको अन्तरसंघर्षले गुमेको जनादेश नेपालको संसदीय व्यवस्थाका लागि गलत नजिर भएको बताए ।

जनादेशलाई बेवास्ता गर्दै सर्वोच्च अदालतको फैसलाबाट जनादेशलाई उल्टाउने काम गलत भएको उनको तर्क छ। मुलुकलाई अस्थिरतामा लैजाने परमादेश जारी गर्ने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने पनि उनले वताए ।

प्रधानन्यायाधीश राणाको मात्रै राजीनामा माग्नु गलत भएको टिप्पणी गरेका पोखरेलले पाँचै न्यायाधीश ‘मतियार’ रहेकोले सबैले राजीनामा दिनुपर्ने वताए । 

माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) सँग एमालेले एकता नगर्ने पोखरेलले जिकिर गरे । माधव नेपाल, प्रचण्डले जनादेशलाई अपमानित गरेर गएको भन्दै उनले भने, ‘उनीहरूलाई एउटा जनादेशबाट आफ्नो हैसियत महसुस गराउनुपर्छ । त्यतिबेलासम्म एकताको कुनै सम्भावना छैन ।’
 

शंकर पोखरेल

विशेष