News

फिल्मी शैलीमा ओलीलाई नेपालको चुनौती– जो हम से टकराएगा, वो चुरचुर हो जाएगा

फिल्मी शैलीमा ओलीलाई नेपालको चुनौती– जो हम से टकराएगा, वो चुरचुर हो जाएगा

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले फिल्मी शैलीमा ‘जो हम से टकराएगा, वो चुरचुर हो जाएगा’ भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

एकीकृत समाजवादी मध्यपुर थिमि नगर संगठनले बिहीबार आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उनले भने– ‘हामीसँग टक्कर लिन खोज्यो भने भारततिर भनिन्छ नि जो हम से टकराएगा, वो चुरचुर हो जाएगा।’

सुदूरपश्चिम, कर्णाली र प्रदेश २ मा आफ्नो पार्टीको पकड रहेको उनले दाबी गरे । प्रदेश १ र वाग्मतीमा आफ्नो पार्टीको नेता मुख्यमन्त्री भएकोले आफ्नो पार्टीसँग टक्कर लिनै नसक्ने उनको दावी छ। गठबन्धनलाई कसैले भत्काउन नसक्ने भएकोले निर्वाचनसम्म रहने उनको दाबी छ । 

अहिले पनि एमालेकै चिन्ता
नेता नेपालले झन्डै दुई तिहाई भएको एमालेको सरकार केपीले सकाएको आरोप लगाए । अध्यक्षमा आफुले हारेपछि एमालेको दुर्भाग्य सुरु भएको उनको भनाई छ। ‘कस्तो मान्छेलाई हाम्रो साथीहरुले नवौं महाधिवेशन जिताए छन्’ उनले भने–‘२०/३० भोटले म हारेँ, पार्टीको दुर्भाग्य सुरु भयो।

समाजमा राम्रा र नराम्रा मान्छे दुवै हुने भएकाले चिन्ता गर्नु नपर्ने उनले वताए । लामो समय आफु पक्षमा रहेर एमालेमै छुटेका नेताहरुलाई लक्षित गर्दै उनले भने–‘हाम्रो पार्टीमा आउनुस् । त्यहाँ बसेका पनि कतिपय पछुताइरहेका छन् । तपाईंले हेर्नुभयो । छाम्नुभयो । पीडा सहनुभयो। अब त फर्केर आए पनि हुन्छ । जो–जो आउन चाहनु हुन्छ उहाँहरूलाई स्वागत छ ।’

उनले आफुहरुले कसैको अपमान, मानमर्दन र खिसीट्यूरी नगर्ने वताए । 
 

माधवकुमार नेपाल

विशेष