News

‘न्यायालय सुधार गर्ने हो भने सवैभन्दा पहिला प्रचण्डको वारेमा अनुशन्धान गरौं’

‘न्यायालय सुधार गर्ने हो भने सवैभन्दा पहिला प्रचण्डको वारेमा अनुशन्धान गरौं’

वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले न्यायालयमा उत्पन्न समस्या समाधान गर्ने हो भने सवैभन्दा पहिला माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ को वारेमा अनुशन्धान गर्न सुझाव दिएका छन् ।

प्रधानन्यायाधिश नियुक्त गर्ने समयमै प्रचण्डले भाग लिएर चोलेन्द्रशमशेर जबरालाई नियुक्त गर्न सहमति जनाएकाले पहिला उनको वारेमा अनुशन्धान गरेर मात्र चोलेन्द्रको विषयमा थप कदम चाल्नु पर्ने वताए ।

‘न्यायाधिश नियुक्ति हुँदा विना पैसा नियुक्ति हुँदैन। चित्रवहादुर केसीको अहिले पनि सामाजिक सञ्जालमा इन्टरभ्यू हेर्न पाउनु हुन्छ। चोलेन्द्र शमशेरको सुनुवाई चलिरहेका वेलामा माओवादी र नेपाली कांग्रेस उनको विरुद्धमा थिए। अन्तिममा एक महिना चल्यो (संसदिय सुनुवाई)। जव २०÷२५ दिन भईसकेपछि ति मान्छे पक्षमा आउन थाले’ न्यौपाने भन्छन्–‘उनकै –चित्रवहादुर केसी) भनाई अनुसार– के हो त, हिजो त तिमिहरु विरोध गथ्र्यौ चोलेन्द्र शमशेरको, अहिले किन सपोर्ट गर्यो भन्दाखेरी उनीहरुले प्रचण्डले पाउने भाग पाईसक्नु भो अव हाम्रो केही लाग्दैन भने।’

यस्ता विषयमा अनुशन्धान हुनुपर्छ की पर्दैन भन्दै न्यौपानेले प्रश्न गरे । ‘पहिला त्यहाँ अनुशन्धान गरौन। त्यो प्रचण्डले भाग पाए भनेको अनुसनधान गरौन। पैसा दिएर नियुक्ति हुने । पैसा दिएर नियुक्ति भएपछि दाहिने–देव्रे गर्छत’ उनी भन्छन्–‘वाउको जग्गा वेचेर ल्याएको होईन, यहिवाट कमाउनु पर्छ, यहि वुझाउनु पर्छ । तपाई पद वेच्ने, पद वेचेपछि उसले पैसा कमाउँछ।’

प्रतिनिधिसभाले पुनर्जिवन पाउने फैसला हुन अघि पनि राजनीतिक दलले चोलेन्द्र समक्ष सर्त र कवोल तथा प्रभावमा पारेर फैसला गरएको उनको आशंका छ। ‘मेरो अनुमान के छ भने यो फैसला अगाडि पार्टीहरुले कवोल गरेका छन् , कवोल। त्यो अनुशन्धान गरौन अव’ उनले भने–‘परमादेश गर्नुभन्दा अगाडि अनुशन्धान गरौं, नागरिक आयोग वनाउँ। निश्पक्ष अनुशन्धान गरौ नसकिन्छ भने। आईसीजेको एउटा प्रतिनिधि पनि राखौ।’

नेपालमा हुने यी जम्मे परिघट्नाको पछाडिको कारण के हो ? भन्दै उनले प्रश्न गरे । ‘प्रचण्ड चुँईक्क वोल्दैनन् । राती–राती प्रचण्ड प्रधानन्यायाधिशका घरमा गएर केको मन्त्रणा गर्छन ? प्रचण्ड कोहो ? श्री ३ हो ? जवसम्म रोग त्यहाँ छ नी, टाउको दुखाईमा नाइटोमा औषधी दलेर ठिक हुन्छ र ? टाउको दुखाईमा त टाउकोमा औषधी गर्नु पर्यो नी।’

अदालतमा राजनीतिक दलका मान्छे छिराउने र पैसा लिएर नियुक्ति गर्ने प्रचलनले अहिलेको समस्या आएको उनको दावी छ। ‘अदालतमा जम्मै राजनीतिक पार्टीका मान्छे छिराउने, अदालतमा नियुक्ति गर्दा विना पैसा नियुक्ति नगर्ने, पैसा दिएर नियुििक्त गर्ने।’

संसद पुनर्स्थापनाको परमादेश जारी गर्नुपुर्व प्रचण्डले वहालवाला प्रधानन्यायाधिशलाई माईतिरमा वोलाएर निर्देशन नै दिएको न्यौपानेको दावी छ। ‘मलाई थाहा छ, वहालवाला प्रधानन्यायाधिशलाई माईतिघरमा कुनै घरमा वोलाएर प्रचण्डले निर्देशन दिएका छन। अनुशन्धान गरौन। त्यहीँ प्रधानन्यायाधिशलाई पनि वोलाउँ।’ – उनले भने।

‘प्रचण्डका सवैभन्दा नजिकका मान्छेहरु, रमण श्रेष्ठ, रामनारायण विडारीहरु सवैभन्दा चर्को स्वरमा राजिनमा र महाभियोगको कुरो गरिराखेका छननीत। यो के हो फेरी ?’ भन्ने प्रश्नमा उनी भन्छन् –‘यीहरुलाई यो हरेक अंगलाई ध्वस्त गर्नुछ। कम्युनिष्टको सिद्धान्त के हो भने पहिले घर ध्वस्त गराउ, त्यो ध्वस्त गरिसकेपछि अनि नयाँ वनाउ। हरेक निकाय समाप्त पारे। जस्तो उदाहरणलाई भनौ, देउसी भैलो र गाईजात्रामा एकेडेमीमा भएका कलाकारले यी पार्टीमा भएको विषयमा ब्यक्त गरेका विचार’ उनले अगाडि भने–‘यस्तो कटु आलोचना गर्छन, पार्टी जति शिवखुलि...  भन्छन्, यीनिहरु हाँसिहाँसी वस्छन्। एउटा सुधार हुँदैन। किन?’

‘म भएत सुन्न सक्दिन अगाडि । उनीहरु आनन्दसँग मस्ती गरिरहेका छन् । यसको अर्थ के भने उनीहरु यो देश समाप्त पार्न चाहान्छन्, अहिलेसम्म यो देश धानेको अदालतले थियो । अव त्यो पनि संकटमा पर्यो ।’ उनले भने।

वालकृष्ण न्यौपाने चोलेन्द्रशमशेर जबरा पुस्पकमल दाहाल ‘प्रचण्ड’

विशेष