News

महाकाली सिञ्चाई आयोजनाका हाकिम दुई युवतीसहित होटलवाट रंगेहात पक्राउ

महाकाली सिञ्चाई आयोजनाका हाकिम दुई युवतीसहित होटलवाट रंगेहात पक्राउ

स्रोत नखुलेको ११ लाख र दुई युवतीसहित महाकाली सिञ्चाई आयोजना, कञ्चनपुरका निमित्त प्रमुख प्रचण्डदेव बिष्ट राजधानीको एउटा होटलवाट पक्राउ परेका छन् ।

डिभिजनल इञ्जिनियर विष्टलाई सुन्धाराको होटलमा मध्यरातमा पक्राउ गरिएको हो । उनी जन्मदिन अनाउने क्रममा रहेको जनाईएको छ। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा राखिएको छ। अख्तिारले उनी विरुद्ध अदालतवाट म्याद थप गरी अनुशन्धान गरिरहेको छ।

गत शुक्रबार पक्राउ परेका विष्टले ११ लाख रुपैयाँ ‘सापटी रकम तिर्न कञ्चनपुरबाटै ल्याएको’ अदालतलाई जवाफ दिएका छन् । एटीएम कार्ड,बैंक ट्रान्सर्फर, इ–बैंकिङ्गको सुविधा र सुरक्षालाई छोडेर एघार लाखको बिटो बोकी उनी त्यति लामो बाटो किन आए भन्ने विषयमा अहिले अनुशन्धानको विषय भएको छ।

कञ्चनपुरबाट आएकै दिन नगदसहित सुन्धारामा दुइटी तरुनीसँग नारिँदै बिष्टले मनाएको जन्मदिन फेसबुक बमोजिमको हो वा साँच्चिकै तिथिअनुसारको हो त्यो पनि खुलेको छैन । कोरोना महामारीवीच त्यो पनि मध्यरात लजमा दुईजना तरुनीलाई दुईतिर राखेर बसेको अवस्थामा फेला परेपछि अख्तियारका प्रहरीलाई उनले ‘बर्थ डे सेलिब्रेशन’ मनाएको बताएका थिए ।

उनले अदालतमा पनि ‘बर्थ डे सेलिब्रेशन’ भन्दै जवाफ दिएका छन् । न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनलाई १५ दिन हिरासतमा राख्न पाउने गरी म्याद थपिदिएको छ ।

पक्राउ परेका दुबै युवतीलाई भने प्रहरीले कागज गराएर छाडेको छ ।

महाकाली सिञ्चाई आयोजना

विशेष