News

प्रचण्डद्वारा प्रधानमन्त्रीको भनाईको खण्डनः एमसीसी वारे पत्र पठाएको होईन

प्रचण्डद्वारा प्रधानमन्त्रीको भनाईको खण्डनः एमसीसी वारे पत्र पठाएको होईन

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण सत्ता गठवन्धनमै फुट आउने सम्भावना वढेको छ। प्रधानमन्त्री शेरवहादुर देउवा र पुर्व पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विचमा तालमेल नमिलेपछि यसले गठवन्धनमै समस्या आउने देखिएको हो ।

प्रधानमन्त्री शेरवहादुर देउवाले एमसीसी पास गर्छौ भनेर प्रचण्ड र मैले पत्र लेखेर पठाएको अभिब्यक्ति दिएको भोलिपल्टै अध्यक्ष प्रचण्डले ‘सम्झौता पारित गर्छौं’ भनेर चिठी नलेखिएको प्रस्ट पारेका छन् ।

ललितपुरको खुमलटारस्थित देउसीभैलो टोलीलाई सम्बोधन गर्दै शुक्रबार दाहालले एमसीसीका लागि राष्ट्रिय सहमति नबनाइ पारित गर्न नसकिने वताए । उनले सम्झौता पास गर्ने नभई थप समयका लागि चिठी लेखेको बताए।

स्कटल्यान्डको ग्लास्गोमा भएको कोप–२६ मा सहभागी भएर स्वदेश फर्केका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार पत्रकारको प्रश्नको जवाफ दिदै प्रचण्ड र आफूले एमसीसी पास गराउँछौं भनेर अमेरिकालाई पत्र पठाइसकेको बताएका थिए । सोही भनाइको खण्डन गर्दै दाहालले भने राजनीतिक दलहरुसँग छलफल आवश्यक रहेकोबारे चिठी लेखिएको बताएका हुन् ।

दाहालले एमसीसी संशोधन हुनुपर्ने भनाइ दोहो¥याए । ’एमसीसीको ओरिजिनल सहमतिसँग डराउनुपर्ने कुरा छैन । बीचमा थपिएका कुराले गर्दा नेपालको राष्ट्रिय हितमाथि नै असर पर्ने आमजनतालाई लागिसकेपछि यसलाई संशोधन नगरीकन पास गर्न सकिँदैन,’ दाहालको भनाइ थियो ।
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष