News

१९ वर्षीया सुनिला राई एमालेको वडा उपाध्यक्ष !

१९ वर्षीया सुनिला राई एमालेको वडा उपाध्यक्ष !

राजनीतिमा युवापुस्ताको आकर्ष नभएको भन्दै प्रचार भईरहेको वेला इलाम माङसेबुङकी १९ वर्षीया सुनिला राई एमालेको वडा उपाध्यक्ष वनेकी छिन् । राजनीतिमा युवा÷महिलाको सहभागिता बढिरहेको छ भन्ने उदाहरण बनेकी छिन् सुनिता।

माङसेबुङ गाउँपालिका–३ को एमालेको अधिवेशनबाट स्नातक अध्ययनरत राई उपाध्यक्षमा निर्वाचित भएकी हुन् । बुधबार सम्पन्न भएको अधिवेशनले टनबहादुर साम्बालाई अध्यक्ष चयन गरेको थियो ।

बुवा समेत एमालेको राजनीतिमा रहेकाले आफू पार्टीमा आकर्षित भएको बताउँदै उनले आउने स्थानीय चुनावमा भने २१ वर्ष उमेर नपुग्ने भएकाले उम्मेदवार बन्न नपाए पनि पार्टी जिताउन खटिने बताइन् ।

विशेष