जुवाखालवाट कांग्रेस सभापतिसहित १८ जना पक्राउ

नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामालाई ६ लाख रुपैयाँसहित प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ।
जुवाखालवाट सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो । दशैंअघिमात्र जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित लामा २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।
लामा त्यसअघि मेलुङ गाउँपालिका अध्यक्ष उठेर एमालेका नरबहादुर श्रेष्ठसँग पराजित भएका थिए । लामासहित कांग्रेसका रामेछाप जिल्लाका केही नेता पनि रहेको तर उनीहरु भने भाग्न सफल भएको बताइएको छ ।
जुवा खेलाउने सागर लामा भने फरार छन् । उनले आफ्नो फ्ल्याटमा जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ ।
गत वर्ष पनि तिहारको दिन जुवा अखडामा छापा हान्दा कांग्रेस नेता तथा पूर्व गृहराज्यमन्त्री इन्द्र बानिया, तत्कालीन पर्यटन राज्यमन्त्री तथा हाल नेकपा एसका नेता धनवहादुर बुढा भाग्न सफल भएका थिए भने अन्य प्रतिष्ठित व्यवसायीहरु पक्राउ परेका थिए ।
जुवाखाल