News राजनीति

चुनाव घोषणा गरेर हिम्मत भए ‘सिंगल–सिंगल’ भिडौं, भाषणले रौं पनि हल्लिदैन

चुनाव घोषणा गरेर हिम्मत भए ‘सिंगल–सिंगल’ भिडौं, भाषणले रौं पनि हल्लिदैन

नेकपा एमालेका केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज विष्णु रिजालले कांग्रेससँग हिम्मत भए चुनाव घोषणा गरेर सिंगल–सिंगल भिड्न चुनौति दिएका छन् । रिजालले नपाली कांग्रेसका नेता गगन थापालाई लक्षित गरेर यस्तो चुनौती दिएका हुन ।

कांग्रेस नेता गगन थापाले सिंगल–सिंगल भिडेर एमालेलाई कुचो र भ्याकुम लगाएर बढार्ने बताएका थिए । त्यसलाई जवाफ दिदै एमाले विदेश विभाग उपप्रमुख समेत रहेका रिजालले विगतमा एमाले मुक्त देश बनाउने भनेका विमलेन्द्र निधी आफैं मधेशमुक्त भएको वताए ।

उनले गगन थापाको चुनौति पनि स्वीकार्य रहेको बताएका छन् । ‘अहिले फेरि कांग्रेस सरकारमा हुँदा गगन थापाजीले ‘चुनावमा एमालेलाई कुचो र भ्याकुम लगाएर बढार्छौं’ भनेछन् । अध्यादेश ल्याएर एमाले फुटाउँदा पनि यसलाई हराउन सकिंदैन भन्ने हतासा यसैबाट स्पष्ट हुन्छ’ उनले भने–‘हाम्रो चुनौती छ– चुनाव घोषणा गरौं र हिम्मत छ भने ‘सिंगल–सिंगल’ भिडौं । अन्यथा सार्वजनिक खपतका लागि गरिने यस्ता उत्तेजक भाषणले हामीलाई रौं बराबर फरक पार्दैन भन्ने बुझे हुन्छ ।’

विष्णु रिजाल गगन थापा

विशेष