News

चोलेन्द्रले राजिनामा दिए त्यो पद बेचेर नेताले फेरी पैसा कमाउँछन् !

चोलेन्द्रले राजिनामा दिए त्यो पद बेचेर नेताले फेरी पैसा कमाउँछन् !

वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ को राजा वन्ने दुस्प्रयासले मुलुकले दुःख पाएको र त्यसको वाछिटा न्यायालयमा देखिएको वताएका छन् ।

दुवै पार्टीका अध्यक्षमा तँ भन्दा म ठुलो भन्ने अहमता र राजा वन्न दुस्प्रयासले अहिलेको सस्या उत्पन्न भएको उनको भनाई छ। ‘प्रचण्डको भ्रम के छ भने–म अहिले पनि सप्रिमो हुँ भन्ने छ। म हुँ राजा। मैले दिएको हुकम जम्मैले मान्नु पर्छ भन्ने छ’ न्यौपाने भन्छन्–‘अहिले एमालेका केपी शर्मा ओली र प्रचण्डको झगडा के ? को राजा।’

प्रचण्डको सोचमा आफु राजा भन्ने र ओलीको सोचमा मलाई दुनियाँले पत्याएर दुई तिहाई दिएकाले मँ राजा भन्ने घमण्ड रहेको उनको भनाई छ। ‘प्रचण्डको वुझाई के छ भने म राजा अहिलेको । मैले माधव नेपाललाई प्रधानमन्त्री वनाएँ, मैले वावुरामलाई वनाएँ। मैले फलानालाई वनाएँ। भनेको मैले वनाएवमोजिम छोड भनेपछि छोड्नुपर्छ तिमिहरुले।’ उनी भन्छन्–‘उनले भन्नै तेही भाकामा भन्छन् । मैले भन्ने वित्तिकै छोडेर मलाई वुझाउनु पथ्र्यो। झगडा तेत्ति।’

‘केपी शर्मा ओलीको झगडा के ?’ भन्दै उनले थपे–‘दुई तिहाई कसैले पनि पत्याएनन्, दुनियाँले। मलाई पत्याए, म हुँ यो देशको राजा। तँ त मेरो पाहुना होस। मेरो घरमा आएको पाहुनाले जे खान दिन्छ त्यहि खानुपर्छ। जहाँ सुत्न दिन्छ त्यहि सुत्नुपर्छ। त्यही झगडाले अहिले हामी यहाँसम्म आई पुग्दैछौ। त्यसैले समस्या के हो भने, जरोमा जाउँ है। यो टालटुले नगरौ।’

चोलेन्द्रसँग आफनो केही लिनुदिनु नभएपनि नेपालको न्यायपालिका र नेपालको पोलिटिकल सिस्टमलाई यो कुराले उधिन्ने उनले वताए । ‘अव अप्रेशनमा लानु पर्छ। हामी त के भन्छौ भने यो देश राख्ने हो भने संविधान फेर्नुपर्छ।’ उनी भन्छन्–‘जवसम्म यो ०७२ सालको सम्विधान खारेज हुँदैन, यो देश रहँदैन।’

०७२ सालको संविधान सवै क्षेत्रमा असफल भएको उनले वताए । यसका विरुद्ध अव आन्दोलन गर्ने वेला आएको उनी वताउँछन् । ‘उदाहरणका लागि नागरिक्ता। ०७२ साल असोज २ गतेसम्म नेपालमा जन्मेका मान्छे नागरिक हुन्छन्। भुटानी नागरिक भए, वंगलादेशी नागरिक भए, भारतका १९५० को संन्धिका सुविधा लिएर आएका नागरिक भए’ उनले थपे–‘यहाँ अफ्गानिश्तानका शरणार्थी किन नेपाल आईपुग्छ, वर्माको शरणार्थी किन नेपाल आईपुग्छ ? त्यसलाई के थाहा छ भने नेपालमा वसेपछि नागरिक्ता पाईन्छ। सजिलो छ, यहाँ। अनि नेपालमा वसेपछि अमेरिकाले लगिदिन्छ। सवै देशका शरणार्थी नेपाल आईपुगे। यो देश अव रहँदैन। केले रहँदैन भन्दा, यहि संविधानले रहँदैन।’

यो संविधान राखिरहे नेपाल नरहने उनले दावी गरे । ‘यत्रो आलोचना हुँदा पनि किन सुधार हुँदैन त ल? छ ध्यान कसैको ? कलाकार आलोचना गर्छ, पत्रकार आलोचना गर्छ, वुद्धिजिवी आलोभचना गर्छन। यीनिहरुकै मान्छे आलोचना गर्छन। सुधार किन हुँदैन’ उनी भन्छन्–‘यो न्यायपालिकाको कुरो किन सुधार हुँदैन। खाली के हुन्छ भने एउटाले राजिनामा दिएपछि फेरी यो पद अर्कालाई वेचिन्छ। समस्या जहाँको त्यही।’

यो पनि

‘न्यायालय सुधार गर्ने हो भने सवैभन्दा पहिला प्रचण्डको वारेमा अनुशन्धान गरौं’

‘न्यायालय सुधार गर्ने हो भने सवैभन्दा पहिला प्रचण्डको वारेमा अनुशन्धान गरौं’

चोलेन्द्रसँग सेटिङ्ग नमिलेपछि सर्वोच्चमा आन्दोलन, यस्तो छ नालिवेली

प्यासन वासना होटलमा कोठा भाडा लिएर झगडियासँग न्यायाधिशको वार्गेनिङ्ग

पूर्वप्रधानन्यायाधिश कल्याण श्रेष्ठको किड्नी तस्करसँग सेटिङ्ग

सर्वोच्चका श्रीमान श्रेष्ठको आडमा यी महिलाले दिईन पत्रकारलाई ज्यान मार्ने धम्की !

आन्दोलनरत न्यायाधिशले चोलेन्द्र समक्ष घुँडा टेकेः सुरु भयो इजलास

श्रीमान मिरा खड्का दुई पटक जन्मनु भयो की नागरिक्ता दुईटा हुन ?

वरिष्ठ अधिवक्ताको टिप्पणीः रामशाहपथको भन्दा शक्तिशाली सर्वोच्च अदालत कुपण्डोलमा छ

नेपाल वारको आन्दोलनमा ड्राइभर र गार्डलाई पनि कालोकोट, पत्रकारलाई रिपोर्टिङ्गमा अवरोध

देउवाले गजेन्द्र हमाललाई मन्त्री वनाउनुको रहस्य खुल्यो

प्रधानन्यायाधिश राणाको समर्थनमा सेतो पट्टि वाँधेर प्रदर्शनमा उत्रिए वकिलहरु

चोलेन्द्रलाई राजिनामा गराएर ‘कार्पेट मुनि फोहोर राख्ने’ षडयन्त्र हुँदैछ

न्यायाधिशहरुको रासलिला, मदिरापान र सेटिङको खुलासा (भिडियोसहित)

नेपाल आजको कार्यक्रमका बक्तालाई चोलेन्द्र बिरोधी वकिलको रामधुलाई (भिडियोसहित)

चोलेन्द्रलाई महाअभियोग नलगाउने गठवन्धनका शिर्ष नेताको आन्तरिक सहमति

प्रतिगमन सच्याउने प्रधानन्यायाधिश विरुद्ध चौतर्फी आक्रमण

चोलेन्द्रले राजिनामा दिदैमा न्यायालय चोखिन्छ श्रीमान् (हरु) ?

वालकृष्ण न्यौपाने चोलेन्द्रशमशेर जबरा पुस्पकमल दाहाल ‘प्रचण्ड’ केपी शर्मा ओली

विशेष