News राजनीति

वावुरामको घोषणा– दुई पटक ठिक भएँ, म तेस्रो पटक वौलाउँदैछु !

वावुरामको घोषणा– दुई पटक ठिक भएँ, म तेस्रो पटक वौलाउँदैछु !

वेलगाम वोल्ने र वोलेको कुरा पुर्याउन नसकेका कारण नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहिलेकाही दिमागी रुपमा अस्वस्थ भएको आरोप लाग्छ। कतिपयले त उनले प्रयोग गर्दै गरेको औषधीका कारण उनले आफनो क्षमताभन्दा वढि कुरा गर्ने गरेको भनेर पनि आरोप लगाउने गरेका छन् ।

तर, यो आरोप पुष्टि गर्ने सामथ्र्य भने अहिलेसम्म कसैको पुगेको छैन। खाली आरोप लगाउन र जनतामा रहेको ओली प्रतिको विश्वासलाई स्खलित गर्न सार्वजनिक खपतका लागि मात्रै यस्ता आरोप लगाउने गरिएको पाईएको छ।

यस विषयमा एमालेका नेताहरुले समेत औपाचारिक÷अनौपचारिक रुपमा खण्डन गर्ने गरेका छन् । तर, आश्चर्यको कुरा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री वावुराम भट्टराईले भने आफु दुई पटक वौलाएर ठिक भएको र तेश्रो पटक वौलाउँदै गरेको आफै घोषणा गरेका छन् ।

एउटा भिडियो अन्तवार्ताका क्रममा डा. भट्टराईले आफु अहिले तेस्रो पटक वौलाउँदै गरेको वताएका छन् । तर, उनको यो भने भनाई ब्यंग्यात्मक रुपमा आएको छ।

भिडियो कहिले र कुन सन्दर्भको हो भन्ने नखुले पनि आफुलाई पटक–पटक वौलाहाको अलंकार पहिर्याइदै आएको र कालान्तरमा आफनै कुरा सत्य सावित हुने गरेको उनले वताएका छन् । 

‘नवुझ्ने मान्छेले त हिजो वावुराम पञ्चायती ब्यवस्था विरुद्ध लड्दा पनि यत्रो पढेको, वोर्ड फस्ट गरेको, पिएचडी गरेको मान्छे । कस्तो वौलायो भनेकै थिए। मलाई त्यतिवेला पहिलो चोटी वौलायो भनेकै हुन’ उनले भनेका छन्–‘दोस्रो चोटी वहुदलिय ब्यवस्था आईसकेपछि यो अपुरो छ, संविधान नवनाईकन, राजतन्त्र अन्त्य नगरेसम्म पुर्णता हुँदैन भनेर मैले नै वढि जोडवल गरेको हो त्यती वेला। र हामी जनयुद्धमा लाग्दा खेरी यो फेरी वौलायो। पढेको मान्छे के भो ? भनेर मान्छेले भनेकै हुन।्’

अहिले विज्ञान र प्रविधिसहितको विकास र समृद्धिको अभियानका कुरा गर्दा मान्छेले तेस्रो पटक वौलायो भन्न थालेको उनले वताए । ‘अहिले तेस्रोचोटी म फेरी यो देशलाई विकास र समृद्धिको दिशामा लानको निम्ति अव हिजोको विचार, हिजोको पूजिवादी र हिजोको राज्य केन्द्रित साम्यवादी विचारले अहिलेको २१औं सताब्दीमा विकास र समृद्धि प्राप्त हुन सक्दैन। विकास र समृद्धि प्राप्त गरेर समुन्नत एउटा समाजवादको दिशामा जानलाई यो पछिल्लो ज्ञान विज्ञानसहितको नयाँ एउटा विचार वोकेर अगाडि जानुपर्छ भनेर जुन अभियान सुरु गरेको छु । त्यसैले फेरी एक चोटी वौलाहा हो भनेका छन् मान्छेले’ उनले अगाडि भनेका छन्–‘म तेस्रो चोटी वौलाउँदैछु । तर, त्यो चै भोली जनताले वुझ्छन, वावुरामले भनेको अन्ततः ठिक रहेछ भन्ने कुरो केही वर्षपछि चै थाहा हुन्छ।’
 

केपी शर्मा ओली वावुराम भट्टराई

विशेष