News विदेश

९१ जनाको मृत्यु हुने गरी तेल बोकेका दुई ट्यांकर ठोक्किएर विस्फोट

९१ जनाको मृत्यु हुने गरी तेल बोकेका दुई ट्यांकर ठोक्किएर विस्फोट

सेरालियोनको राजधानी फ्रीटाउनस्थित तेल बोकेको ट्यांकर ठोक्किएर विस्फोट हुँदा ९१ जनाको मृत्यु भएको छ भने १ सय जना भन्दा धेरै घाइते भएका छन् ।

सरकारी अधिकारीहरूले मृतकको संख्या अझै बढी हुनसक्ने आकलन गरिएको छ । घाइतेहरूलाई अहिले नजिकका अस्पतालमा भर्ना गरिएको छ । कार्यवाहक स्वास्थ्यमन्त्री अमरा जम्बाइका अनुसार १०० भन्दा धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटना निकै डरलाग्दो भएको अधिकारीहरूले जनाएका छन् । साथै राष्ट्रपति जुलियस माडा बायोले घटनाप्रति दुख व्यक्त गर्दै आफू पीडितको साथमा रहेको प्रतिक्रिया दिएका छन् । उनले पीडित परिवारलाई जतिसक्दो सहयोग गर्ने बताए ।

ट्यांकर विस्फोटको दृश्यका तस्बिर तथा भिडियो समेत यतिबेला सामाजिक सञ्जालमा व्यापक रुपमा पोस्ट गरिएका छन् । यसअघि २०१९ मा पूर्वी तान्जानियामा यसैगरी ट्यांकर विस्फोट हुँदा ८५ जनाको मृत्यु भएको थियो । साथै २०१८ मा कंगोमा भएको यस्तै ट्यांकर विस्फोटमा ५० जनाको ज्यान गएको थियो । 
 

सेरालियोन

विशेष