News

मुख्यमन्त्रीको हर्कतः विकास वजेट काटेर एफएम र पत्रिकालाई ‘हण्डी’ !

मुख्यमन्त्रीको हर्कतः विकास वजेट काटेर एफएम र पत्रिकालाई ‘हण्डी’ !

वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले न्यायालयमा देखिएको समस्यालाई लक्षित गर्दै ‘साँचो वाङ्गो भएपछि मान्छे फेरेर समस्याको समाधान नहुने’ वताएका छन् ।

‘इटा वनाउने साँचो नै वाङ्गो भएपछि जस्तो सुकै राम्रो राख्नोस, इटा वांगै निस्कन्छ’ उनी भन्छन्–‘यो सिस्टममा चोलेन्द्र शमशेरको ठाउँमा हरिप्रसादलाई ल्याएर प्रधानन्यायाधिश वनाईदिनोस। चोलेन्द्र शमशेर भन्दा खत्तम ब्यवस्था आउँछ।’ 

उनले साँचोको रुपमा नेपालको संविधानलाई प्रस्तुत गरेका छन् । ‘यसले संकेत के गरो भने यो संविधान अव असफल भयो है । यो संविधान असफलतातिर गयो, कुनै पनि ठाउँमा। अदालतमा मात्रै समस्या छ त ?’ उनले भने–‘मानौं न संसद एक महिना÷डेढ महिना वन्धक भयो। वल्ल–वल्ल तिन महिनामा पुर्ण भएको सरकार यत्रो ठुलो विवाद लिएर आउँछ।’

तीन महिनामा पुर्ण भएको सरकारले ‘गजेन्द्र हमाल विवाद’ लिएर आएको भन्दै उनले त्यसको छिटा अदालतमा पनि सल्किएको वताए । देशको कुनै पनि क्षेत्र निर्वाध रुपमा समस्यारहित चल्न नसकेको वताएका उनले सम्पुर्ण समस्याको जड भनेको अहिलेको संविधान भएको दावी गरे ।

‘प्रदेश हर्नुहोस, एउटा पनि प्रदेशले काम गरेको छैन। सुन्दैछु, वाग्मती प्रदेशमा विकास वजेट काटेर पत्रिका र एफएमलाई पैसा दिने र एफएमको घरको तलो थप्ने वजेट पास भयो । विकाश वजेट कटाएर भन्दैछु है म’ उनले थपे–‘अव यो देश राजनीतिक मान्छेलाई मात्रै हुने, त्यसपछि पत्रकारलाई मात्रै हुने। जनताले के पाए ? हाम्रो प्रश्न यो हो । हामी त के भन्छौं भने यो संविधान गलत आएका कारणले यो जम्मै असफलता भयो।’

नेताहरुले देशलाई सिंगापुर वनाउँछौं भनेर कंगाल वनाएको तर, आफु भने चप्पल लगाएर सिंहदरवार छिरेपछि अरवौंका मालिक भएको आरोप लगाए । ‘यिनीहरुले भने वमोजिम सिंगापुर भयो त ? सवैले रोजगार पाए त ? पाए, नेताले पाए’ उनले भने –‘हिजोका सव चप्पल छाप नेता अरवौंका मालिकवाला भए, देख्दादेख्दै भए हामी अगाडि नै छन् । पार्टीका खरवौंका सम्पत्ति आए। अव हामी के भन्दैछौं भने कुनै पनि सिस्टम ल्याउनोस। साँचो वाङ्गो छ भने मान्छे फेरेर समस्याको समाधान हुँदैन।’
 

वालकृष्ण न्यौपाने

विशेष