News

वावुरामलाई ओलीको प्रश्नः वेलायतमा छोरी पढाउने स्रोत के हो ?

वावुरामलाई ओलीको प्रश्नः वेलायतमा छोरी पढाउने स्रोत के हो ?

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वेलायतमा छोरी पढाउने स्रोत के हो भन्दै प्रश्न गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई यस्तो प्रश्न गरेका हुन । ‘तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २÷५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भूमिगत हिँड्दा ? कहाँको आम्दानीले ?’– उनले प्रश्न गरे ।

‘हामी बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला ? के जादु होला त्यसमा भन्नुस् त ?’ उनले भने, ‘एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको थियो ? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् त ?’

पुलिस रेकर्ड खराब भएका कारण आफूलाई पासपोर्ट बनाउनसमेत गाह्रो भएको ओलीले सुनाए । तर प्रचण्ड बाबुराम युरोप घुमेको भन्दै ‘मैले पासपोर्ट लिएको बहुदलीय व्यवस्था आएर ०४८ मा सांसद भएपछि । (हाँस्दै) प्रचण्ड बाबुरामजीको पुलिस रेकर्ड खराब हुँदैनथ्यो’– भने।
 

केपी शर्मा ओली बाबुराम भट्टराई

विशेष