News विदेश

१ सय महिलाका शव वलात्कार गरेको अभियोगमा ३४ वर्षपछि दोशी ठहर

१ सय महिलाका शव वलात्कार गरेको अभियोगमा ३४ वर्षपछि दोशी ठहर

इंग्ल्यान्डका ६८ वर्षिय डेभिड फुलरलाई त्यहाँको अदालतले १ सय महिलाका शवलाई वलात्कार गरेको अभियोगमा दोशी ठहर गरेको छ। इंल्यान्डको पूर्वी ससेक्स राज्य स्थित हेथफिल्ड सहरमा यो घट्ना भएको हो ।

घट्नाको ३४ वर्षपछि फुलरलाई अदालतले दोषी ठहर गर्दै कारबाही गर्न लागेको हो । सजाय सुनाउन भने बाँकी छ।

इंग्ल्यान्ड प्रहरीका अनुसार फुलरले सन् १९८९ देखि १२ वर्षसम हेथफिल्ड अस्पतालका दुईवटा मुर्दाघरमा ल्याइएका महिलाका शवलाई वलात्कार गरेका थिए । उनले झन्डै १ सयवटा महिलाका शव बलात्कार गरेका थिए।

उनी त्यस अस्पतालका प्राविधिक भएकाले घट्ना वारे कसैलाई जानकारी भएन। हाल यो घटना अनुसन्धानका लागि इंग्ल्यान्ड प्रहरीले २ दशमलव ५ मिलियन युरो खर्च गरेको जनाईएको छ।

अनुसन्धानबाट पत्ता लागेअनुसार फुलर मुर्दाघरमा राति अबेरसम्म काम गर्थे र अन्य कर्मचारी घर गइसकेपछि उनले मुर्दाघरमा गएर शवलाई वलात्कार गर्ने गरेका थिए । 
 

विशेष