News

वरिष्ठ अधिवक्ताको टिप्पणी– अदालतले गाईलाई गोरु र गोरु गाई बनाएको छ

वरिष्ठ अधिवक्ताको टिप्पणी– अदालतले गाईलाई गोरु र गोरु गाई बनाएको छ

वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले मन्त्रिपरिषदमा भाग खोजेको आरोप लागेका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा भन्दा पहिला प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा माग्नु पर्ने अडान लिएका छन् ।

‘सर्वोच्चका सवै न्यायाधिश राजिनामाको पक्षमा छन्। नेपाल वार एसोसिएसन राजिनामाको पक्षमा छ। नागरिक समाज भन्नेहरु राजिनामाको पक्षमा छन्। पूर्वहरुको कुरै नगरौ, पूर्वआतंक भएको धेरै भईसक्यो। हुँदाहुँदा गोविन्द केसी समेतले राजिनामा देउ नत्र अनसन वस्छु भन्ने कुरा गरिसके । यस्तो अवस्थामा वालकृष्ण न्यौपानेले चोलेन्द्रलाई किन वोक्नु पर्ने ?’ प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो वताएका हुन ।

‘मैले चोलेन्द्रलाई वोकेको होईन, मैले देश वोकेको । यही प्रकृयाले देश चल्छ भने कसरी देश रहन्छ। म के भन्छु भने–चोलेन्द्रशमशेर राणालाई नियुक्त गर्ने मान्छेमा प्रश्न उठाउँन। चोलेन्द्रशमशेरलाई संसदिय सुनुवाई समितिवाट अनुमोदन गर्ने मान्छेलाई प्रश्न उठाउँन। किन राख्या त तिनीलाई ?’ उनले भने–‘जती आए (प्रधानन्यायाधिश), गोपाल पराजुली विवादित, दिपकराज जोशी विवाद, चोलेन्द्र विवाद, दामोदर विवाद, शुशिला विवाद। चोलेन्द्रले सुनुवाईको मौका नपाउने ?’

गजेन्द्र हमाललाई मन्त्रीमा नियुक्त गरेको विषयमा प्रधानमन्त्रीले सम्पुर्ण जिम्मा लिई सकेपछि पनि तथाकथित वकिल र पत्रकारले जवरजस्ती चोलेन्द्रमाथि आरोप थुपारिरहेको वताएका उनले चोलेन्द्रले सफाईको मौका पाउने की नपाउने भन्दै प्रश्न गरे । ‘नियुक्ति (मन्त्री) गर्ने मान्छे के भन्छ, ‘यी त मैले नियुक्ती गरेका मान्छे हुन है, चोलेन्द्रसँग यसको कुनै लिनुदिनु छैन। यी मेरा पुराना कांग्रेसी कार्यकर्ता हुन’ उ जिम्मा लिन्छ। तर, हामी कथाकथित पत्रकार, तथाकथित वुद्धिजिवी ‘हैन चोलेन्द्रले भने वमोजिम नियुक्ति भको’ भन्ने। उनले सफाईको मौका नपाउने ?’– उनको प्रश्न छ।

‘केही अघि देखिनै विवादित र संसदनै नभएको मान्छेलाई किन मन्त्री वनाईयो त?’ भन्ने प्रश्नमा उनले भने–‘वनाउने मान्छे शेरवहादुर देउवा। यो कुरो शेरवहादुर देउवाले भन्नु पर्यो नी। मलाई चोलेन्द्रशमशेर जवराले मेरा यती मान्छे मन्त्री नवनाईकन तिम्लाई मुद्दा जिताउँदिन भने। हामी मुद्दा जित्नका लागि जे पनि गर्न तयार भयौं, हामीले दियौ भनेर।’

‘घुस लिने र दिने दुवै दोसी हुन’ भन्ने पृथ्वी नारायण साहको भनाईलाई उदाहरण दिदै उनले चोलेन्द्र यदि दोशी हो भने शेरवहादुर पनि दोसी भएको दावी गरे । ‘अव म लान्छु पृथ्वी नारायण शाहमा । खाने र खुवाउने दुवै दोशी। खाने चोलेन्द्र खुवाउने शेरवहादुर। शेरवहादुरलाई मागौं न राजिनामा पहिला।’

सत्तामा पुग्न देशको स्रोत प्रभुलाई चढाए
राजनीतिक दलका नेताले सत्तामा पुग्नका लागि देशको कुनै न कुनै स्रोत प्रभुलाई चढाउनु गरेको उनको आरोप छ। ‘मलाई इतिहाँस के थाहा छ भने हाम्रा देशका नेता र पार्टी हरेक चिज वुझाएर मात्रै सत्तामा आएका छन् । ००७ सालमा कोशी वुझाएर कांग्रेस सत्तामा आयो, राणालाई विदा गरियो। ०१५ सालमा गण्डकी वुझाएर कांग्रेस दुई तिहाईमा आयो’ उनले भने–‘०४६ सालमा टनकपुर वुझाएर नेपालमा वहुदल आयो। ०५१ सालमा महाकाली वुझाएर कम्युनिष्ट मान्छे सरकारमा आयो।’

यीनिहरुले केही न केही वुझाएर मात्रै सत्ता प्राप्त हुने गरेको वुझेको उनको भनाई छ। ‘यीनिहरुलाई थाहा छैन ? केही भाग÷भेटी नवुझाई देउता खुसी हुँदैनन् । अहिले प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार अदालतमा आयो। अदालतलाई केही भेटी चढाउनु पर्छ। अनुशन्धान गरौं न ल। निस्पक्ष अनुशन्धान गरौं । आईसिजेको मान्छे ल्याऔ भने मैले’ उनले थपे–‘मैले खाली चोलेन्द्रको कुरा गरेको होईन, न्यायाधिशको। घरको नोकर त तीन महिना काममा राखेर जा भनो भने जाँदैन। के हो यो ? कम्युनिष्टको शासनै छकी क्याहो अहिले नेपालमा ? अहिले उनीहरुको काम भयो, अनि विदा (चोलन्द्रलाई) गर्न खोजिदैछ।’

त्यसैले आफुले कानुनको शाशनका कुरा गरेको उनले वताए । ‘चोलेन्द्र मेरो वाउतिरको पनि होईन, आमातिरको पनि होईन। तर, जुन प्रकृयावाट हटाउन खोजिदैछ, त्यो प्रकृया गलत छ। आरोप लाग्नेवित्तिकै हटाउने हो भने पहिला पुस्पकमल दाहाललाई राजिनामा गराऔं’ उनी थप्छन्–‘३४ करोडको क्यान्टोनमेन्टको आरोप उनकै सहयात्री, १७ हजारका हत्यारा वावुराम भट्टराईले लगाए। एनसेलनमा ७२ अर्व घोटाला गरे भनेर यीनै वावुरामले भने। सर्पको खुट्टो त सर्पले नै देख्छ होलानी। ‘वुढी गण्डकीमा तीनटा नेताले तीन तिन अर्व खाए’ जिम्मेवारीका साथ भने। प्रमाणित गर्न सकिन भने म राजनीतिवाट सन्यास लिन्छु भने। खै अनुशन्धान, त्यहाँ छ मेरो प्रश्न।’

चोलेन्द्रले कानुन मान्नु पर्ने तर अरुले मान्नु नपर्ने कुरा स्विकार्य नहुने उनको भनाई छ। ‘चोलेन्द्रशमशेरले मात्रै कानुन मान्नुपर्ने ? अरुले मान्नु नपर्ने ? सभामुख विवादमा आए, हाउस महिनौ वन्द यो। किन राजिनामा माग्दैनन् हाम्रा वकिल साव र हाम्रा न्यायाधिश। ज्यानमाराको केश (सभामुखलाई) चलिरहेको छ’ न्यौपानेले भने –‘मैले के भन्छु भने खोलो प्रदुसित छ भने वल्लो किनाराको पानी पनि फोहोर हुन्छ, पल्लो किनाराको पानी पनि फोहोर हुन्छ। माथिको पानी पनि फोहोर हुन्छ, तलको पानी पनि फोहोर हुन्छ। चोलेन्द्र सफा छन् भनेको होईन मैले। ब्यवस्थै खराव छ। दोस लागेका, चर्चामा आएका, आरोप लागेका हुन भने चप्काईदिउँ। प्रचण्डदेखि थालौ, केपी शर्मा ओली ०५१ सालमा यीनै शेरवहादुर देउवा नेपाली जनतालाई झुक्याउन पाईन्छ ?’

महाकाली पास गर्यो भने पैसै पैसा हुन्छ भनेर नेताहरुले जनतालाई ढाँटेको उनले आरोप लगाए । ‘महाकाली पास गर्यो भने २१ खरव पैसा आउँछ, खै हिसाव माग्यौं हामीले ? चाईनाको रेल, घरघरमा ग्याँस, काठमाण्डौं महानगरपालिकाको चुनावभन्दा अगाडि काठमाण्डौंमा कति मेट्रो देख्नुभो। मोनोरेल देख्नु भयो। कहाँ गयो मोनोरेल, खोज्नु नपर्ने ?’ उनले प्रश्न माथि प्रश्न गरे–‘भयो सिंगापुर, भयो स्विजरलैण्ड, भयो नयाँ नेपाल ? भयो विहार, दादागुण्डाले चलाउने ब्यवस्था।’ 

चोलेन्द्रले अडान लिनुपर्छ, सवैको कर्तुत वाहिर ल्याउनु पर्छ
अहिलेको ब्यवस्था सुधार गर्ने र न्यायपालिका स्वच्छ वनाउने हो भने यस पटक चोलेन्द्रले अडान राख्नु पर्ने उनले सुझाव दिए । ‘यो भित्रवाट अहिले चोलेन्द्रले अड्नुपर्छ पुरै। अव अलिकति भिडन्त हुनुपर्छ। अनि जम्मै कुरा निस्कन्छ छताछुल्ल। चोलेन्द्रले पनि भएका कुरा जम्मै भन्नु पर्छ। नभाग, नेपालको ईतिहाँसमा राम्रो सुवर्ण अवसर आउँदैछ। यो मौका गुमाउँन हुँदैन। देशले भोली धिक्कार गर्छ। छताछुल्ल पार्नुपर्छ’ उनी भन्छन्–‘दही घोलेपछि न घ्यु निस्कन्छ। घोल्दै नघोली घ्यु निकाल्ने ? खुरुक्क छोडेर हिड्ने गुरुरुरु ? हो, अपराधि हुन भने उनले पनि दण्ड पाउनुपर्छ । तर, अहिले तथाकथित मान्छे वहाँले गल्ति गरेको हो भने किन छोप्दै हुनुहुन्छ ? कारवाही गरौंन। अहिले जस्ले राजिनामा मात्रै मागेर खोज्दैछ नी त्यसले वहाँको अपराध छोप्दैछ। वहालाई वचाउन खोज्दैछ, त्यसरी वचाउन पाईदैन।’

वहाँले गरेको अपराधको सजाय हुनुपर्छ। वहालाई मात्रै होईन, दिनेलाई पनि हुनुपर्छ। शेरवहादुरलाई पनि हुनुपर्यो । दिनेले भन्दैन। मैले चोलेन्द्रले मागेका कारणले दिए भन्दैन। त्यसैले यसलाई यती सजिलै रुपमा नटुंग्याउँ। वल्ल उधिन्ने कुरा आईरहेको छ। दुवै दोशी। दोश लाग्ने वित्तिकै दिने हो भने (राजिनामा) जम्मैलाई दोश लागेको छ। फैसला गर्ने वित्तिकै दोश लागि हाल्छनी, पैसा खाएर हरायो भनेर। त्यसलाई पनि दिन लगाउँ।

यी राजनीतिज्ञको सम्पत्ति कहाँवाट आयो, त्यो पनि अनुशन्धान गरौं । पञ्चायतकालदेखि एक पटक अनुशन्धान गरौं। राजनीतिज्ञको पनि हेरौं, उच्चवाट आएकाको पनि हेरौं। हरेक न्यायाधिश र भुपु न्यायाधिशको हेरौं। सर्वोच्च अदालतमा केदार गिरी प्रधानन्यायाधिश भएपछि त्यसपछिका फैसला जम्मै एकपटक दोहोरिनुपर्छ। यति अन्याय भएको छ हामीलाई थाहा छ । गाई गोरु भएको छ, गोरु गाई भको छ। एउटाको जग्गा अर्कालाई दिया छ। अर्काको सम्पत्ति अर्कालाई दिया छ। के हो ? कारण त भ्रष्टार नै हो। संसदमा उठ्छ भ्रष्टाचार अदालतमा छ। सर्वोच्च अदालतमा दुई जना न्यायाधिश भएको प्रतिवेदनमा पनि भ्रष्टाचार छ। न्यायाधिश आफै विचौलीया गर्छन। यो जम्मै खोलौन अव। 

वालकृष्ण न्यौपाने चोलेन्द्रशमशेर जबरा

विशेष