News विदेश

सियरालियोनमा तीन दिने शोक घोषणा

सियरालियोनमा तीन दिने शोक घोषणा

गत शनिबार भएको भयानक दुर्घटनापछि सियरालियोनमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ। राष्ट्रपति जुलिउस माडा बायोले सोमबार, मंगलबार र बुधबार राष्ट्रिय शोक मनाउने घोषणा गरेका हुन । 

शनिवार इन्धन बोकेको ट्यांकर दुर्घटना हुँदा एक सय आठजनाको मृत्यु भएको थियो। इन्धन बोकेको एउटा ट्यांकर अर्को सवारीसाधनसँग ठोक्किएपछि आगलागी भएको थियो। बिहानको समयमा किनबेचका लागि सडकमा सयौँ मानिसको भिड लागेको वेला दुर्घटना भएकाले धेरै मानवीय क्षति भएको जनाइएको छ।

राष्ट्रपति बायोले अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेर उनीहरूको अवस्थाबारे जानकारी लिएका छन्। उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका बताइएको छ। घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरूले अनुमान गरेका छन्।
 

विशेष