News

मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेशसभामा पाण्डेले पेस गरेको विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको छ ।

प्रदेशसभामा कुल उपस्थित १ सय ४ जनामध्ये ५९ जनाले विश्वासको मतको पक्षमा मतदा गरेका छन् भने विपक्षमा ४३ मत परेको छ । त्यस्तै २ जना प्रदेशसभा सदस्यले मत दिन्न अर्थात तटस्थमा मतदान गरेका छन् । मतदान प्रक्रियामा ५ जना अनुपस्थित भए ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थनमा गत कात्तिक ११ गते वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 
 

वागमती प्रदेश राजेन्द्रप्रसाद पाण्डे

विशेष