News

सत्तारुढ गठवन्धनले वनायो ११ सदस्यीय समन्वय समिति

सत्तारुढ गठवन्धनले वनायो ११ सदस्यीय समन्वय समिति

सत्तारुढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने निर्णय गरेको छ । बालुवाटारमा भएको गठबन्धनको बैठकले सबै दलबाट २ जना सदस्य रहने र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेतलाई समेटर समन्वय समिति बनाउने निर्णय गरेको हो ।

समितिमा सबै राजनीतिक दलले दुई÷दुई महिनामा संयोजन गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रमा नेता नारायणकाजी श्रेष्ठले बताए । सुरुको दुई महिनाको संयोजन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नेछन् । समन्वय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा सदस्य छैनन् । तर उनले आफू हरेक बैठकमा आउने बताएका छन् ।

समितिमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)बाट उपेन्द्र यादवको नाम दिइएको छ । तीनै दलले एक–एक जना सदस्यको नाम पछि दिने बताएका छन् ।

यस्तै राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेका छन् ।

न्यूनमत साझा कार्यक्रमको कार्यान्वयन गर्न सरकारलाई सहयोग गर्नु, राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्षा तथा संस्थागत सुदृढिकरण, सुरक्षा, सुशासन, सेवा, विकास र संविधानअनुसार हुने चुनाव सफलतापूर्वक सम्पन्न गर्नु समन्वय समितिको काम भएको माओवादी नेता श्रेष्ठले बताए । 
 

विशेष