News

प्रधानमन्त्रीको फेसवुक पेज प्रहरीले चलाउने गरेको खुलासा

प्रधानमन्त्रीको फेसवुक पेज प्रहरीले चलाउने गरेको खुलासा

प्रधानमन्त्री शेरबहादुर देउवाको ब्यक्तिगत फेसवुक पेज ‘शेरबहादुर देउवा’ प्रहरीले चलाउने गरेको खुलेको छ। प्रधानमन्त्री देउवाका सुरक्षा गार्ड सई मनकुमार धितालले आफनो फोटो पेजमा अपलोड गरेपछि यो कुरा वाहिर आएको हो ।

धिताल लामो समयदेखि देउवाको सुरक्षामा खटिएका छन् । देउवाको फेसवुक पेज उनले नै अपडेट गर्ने गरेको खुलेको छ। प्रधानमन्त्री देउवाको फेसबुकबाट सई धितालले ‘इन्फ्रन्ट अफ शेख प्यालेस दुबई’ लेखेर आफ्नो फोटो पोष्ट गरेका छन् । उनले सो पोष्ट केहीबेरमा हटाएका थिए । 

यसले प्रधानमन्त्रीको फेसबुक दुरुपयोगबारे हुने गरेको पुष्टि गरेको एक उच्च सरकारी अधिकारीले वताए । 

बालुवाटार स्रोतका अनुसार सई धिताल एक दशकदेखि देउवाको सुरक्षा टोलीमा छन् । देउवा प्रधानमन्त्री हुनुपूर्व पनि उनी देउवाकै टिममा थिए । विभिन्न जिल्लाका कार्यक्रममा जाँदा प्रधानमन्त्रीको गतिविधि अपडेट गर्न सजिलो होस् भनेर धिताललाई देउवाको फेसबुक पेजको पहुँच दिइएको थियो ।

तर, भूलवश उनले आफ्नो फोटो पोष्ट गरेको जनाईएको छ। सामान्यतया प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेज निजी सचिवालयमार्फत सञ्चालन गर्ने गर्दछ। यसरी प्रहरीलाई फेसवुक अपडेटको पहुँच दिदा सुरक्षामा समेत समस्या आउन सक्ने जानकारहरु वताउँछन् । 
 

शेरबहादुर देउवा

विशेष