News राजनीति

एमसीसी र चोलेन्द्र प्रकरण उत्कर्षमा, सत्ता गठवन्धनको वैठक वस्दै

एमसीसी र चोलेन्द्र प्रकरण उत्कर्षमा, सत्ता गठवन्धनको वैठक वस्दै

प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा र एमसीसी प्रकरण उत्कर्षमा पुग्नै लाग्दा सत्ता गठवन्धनका ती शिर्ष नेताहरुको भेटवार्ता भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक अवस्थाको बारेमा छलफल भएको जनाइएको छ। उनीहरुले सत्ता गठबन्धनको बैठक बोलाउने निर्णयसमेत गरेको छ।

गठबन्धन दलको बैठक ५ बजे बस्नेगरी वोलाईएको बालुवाटार स्रोतले जनाएको छ।

प्रधानन्यायाधीश प्रकरणमा दलहरु मौन रहेको आरोप लगिरहेको छ भने एमसीसी प्रकरणमा प्रधानमन्त्री देउवा र प्रचण्डको कुरा वाझिएको छ। प्रधामन्त्री देउवाले एमसीसी पास गर्छौ भनेर प्रचण्ड र मैले पत्र लेखेर पठाएको वताएपछि गठवन्धन भित्रै तरंग उत्पन्न भएको छ ।

माओवादी केन्द्रका नेताहरुले उक्त पत्र सार्वजनिक गर्न समेत माग गरेका छन् । यो अवस्थामा वस्न लागेको वैठकलाई अर्थपुर्ण रुपमा हेरिएको छ। यसअघि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दलहरुको गठबन्धन शीर्ष नेताको गठबन्धन जस्तो भएको बताएका थिए।
 

चोलेन्द्रशमशेर जबरा एमसीसी

विशेष