News विदेश

प्रहरी जवानले गरे आफनै चार जना साथीको गोली हानी हत्या

प्रहरी जवानले गरे आफनै चार जना साथीको गोली हानी हत्या

भारतको छत्तीसगढमा एक प्रहरीले आफनै चार जना साथीको गोली हानी हत्या गरेका छन् ।

सुकमा जिल्लास्थित केद्रीय रिजर्व पुलिस बल (सीआरपीएफ)मा सोमबार बिहान साढे ३ बजेतिर एके–४७ राइफलबाट गोली चलेको थियो । गोली प्रहारबाट चार जनाको ज्यान गएको जनाईएको छ ।

हिन्दुस्तान टाइम्सकाअनुसार तीन जना अझै घाइते छन् । गोली प्रहार गर्ने प्रहरी जवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

घाइते प्रहरीलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको उपचार जारी रहेको समाचारमा जनाइएको छ । 
 

विशेष