News अर्थ

राजश्व संकलन दुई सय गुणाभन्दा वढि पुर्याउने अर्थमन्त्रीको दावी

राजश्व संकलन दुई सय गुणाभन्दा वढि पुर्याउने अर्थमन्त्रीको दावी

अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दोब्बर राजस्व संकलन गर्ने दाबी गरेका छन् ।

सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो वताएका हुन । मन्त्री शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजश्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताए।

‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु। बाहिर तोकिएकोले मात्र पुग्दैन । राजस्व बढाउनका लागि कडाइसमेत गरिएको छ’– उनले भने।

पछिल्लो समय बेमौसमी वर्षाका कारण अरबौँको क्षति भएकाले राजस्व संकलन तथा आर्थिक वृद्धिमा चुनौती थपिएकोमा भने उनले चिन्ता ब्यक्त गरे। राजस्व वृद्धिका लागि लगानी बढाउनुपर्ने भन्दै तातोपानी नाकाको सडक स्तरोन्नतिका लागि चीनसँग समन्वय गरेर अघि बढ्नुपर्ने उनले बताए ।

मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थ सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउन समेत निर्देशन दिएका छन् । चीन सरकारले ठोस रूपमा गर्ने सहयोग र नेपालले गर्न सक्ने लगानीको योजना बनाएर नाकाको पूर्वाधार विकास सहकार्यमा गर्नुपर्नेमा शर्माले जोड दिएका छन् ।

तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्वसाथ हेरेको र द्विपक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने मन्त्री शर्माले बताए । 
 

विशेष