News

भागवण्डामा तीन प्रदेशका प्रमुख फेरिए

भागवण्डामा तीन प्रदेशका प्रमुख फेरिए

सरकारले तीन वटा प्रदेश प्रमुख फेरेको छ। मन्त्रिपरिषदको सोमबारको बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख फेर्ने निर्णय गरेको हो ।

प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

नयाँ प्रदेश प्रमुखहरुमध्ये खापुङ जसपा, परियार नेकपा माओवादी र जोशी नेपाली कांग्रेसनिकट हुन् । जोशी संविधानसभा सदस्यसमेत हुन् ।

प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए । 
 

विशेष