News

मोरङ कारागारमा झडप, चौकीदारसहित ६ जना कैदीवन्दी घाईते

मोरङ कारागारमा झडप, चौकीदारसहित ६ जना कैदीवन्दी घाईते

मोरङ कारागारमा झडप हुँदा ६ जना कैदीवन्दी घाईते भएका छन् । कारागारमा मंगलवार दुई समुहविच झडप भएको थियो । चौकीदार किरण गुरुङले चरम यातना दिएको भन्दै अन्य कैदीवन्दीले विरोध जनाएपछि झडप भएको जनाईएको छ।

कारागार प्रशासनका अनुसार झडपमा चौकीदार गुरूङसहित नाइके किरण गुरुङ, शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सुर्यदीप गुप्ता घाईते भएका छन् । उनीहरुको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

चौकीदार गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यताना दिएको भन्दै यहाँका कैदीबन्दीहरू आन्दोलित थिए । चौकीदार गुरूङको शोषण र यातना सहन नसकेपछि गुरूङसहित उनका समूहका १४ जना नाइके र भाइ नाइकेलाई अन्य कैदीबन्दीले एउटा कोठामा थुनिदिएपछि कैदीबन्दीबीच झडप भएको कारागार प्रशासनले जनाएको छ ।

कर्तब्य ज्यान मुद्दामा कैद साजय भोग्दै आएका गुरूङले कैदीबन्दीलाई शारीरिक र मानसिक यातना दिने गरेको कैदीबन्दीको गुनासो छ । अन्य कैदीबन्दीहरुले गुरूङसहित नाइके र भाइ नाइकेहरू पदमकुमार लिम्बु, निर्मल ढकाल, रामकुमार राई, रमेश मण्डल, शेखर राई, विशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईलाई एउटा कोठामा थुनिदिएका थिए ।

थुनिएका कैदीबन्दीलाई बाहिर निकालेपछि कारागार भित्रको वातावरण शान्त भएको निमित्त कारागार प्रमुख रामप्रसाद पोखरेलले वताए ।

उनीहरुलाई पुनः कारागारभित्र राख्ने वातावरण नभएपछि ५ जनालाई क्षेत्रीय कारागार सुनसरीको झुम्का र ९ जनालाई झापा कारागार पठाइएको पोखरेलले बताए । ज्यान मार्ने उद्योगमा सजाय भोग्दै आएका कात्तिक कामतलाई निमित्त चौकीदार नियुक्त गरिएको छ । यो कारागारमा महिला, पुरुष गरी हजार कैदीबन्दी छन् । 
 

मोरङ कारागार

विशेष