भ्रष्टाचारी वकिल र न्यायाधिशलाई कारवाही गर्न माग गर्दै ज्ञापन पत्र

कानुन ब्यवसायी हकहित संरक्षण तथा सुद्धिकरण अभियानले मंगलवार प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जवरालाई ज्ञापन पत्र वुझाउँदै अदालतमा नियमित सुनुवाई र बहस सूचारु गर्न माग गरेको छ।
सुनुवाई र वहस नहुँदा सर्वसाधारणहरु समस्यामा परेको ज्ञापन पत्रमा उल्लेख छ। ज्ञापन पत्रमा सर्वोच्च अदालतमा विगत १८ दिनदेखि न्यायाधिशहरुको हडतालका कारण इजलाश नवसेको र सोका कारण हाजरौं सेवाग्राही मर्कामा परी न्याय ठप्प भएकाले विना सर्त सवै इजलासहरु तत्काल सुचारु गर्न माग गरिएको छ।
यसैगरी, नेपाल वार एशोसिएसनले उठाएको गोला प्रथावाट पेशी तोक्ने लगायत कानुन ब्यवसायीहरुसँग सम्वन्धित जायज र विधिसम्मत मागहरु तत्काल पुरा गर्न र भ्रष्टाचारमा लिप्त रहेका न्यायाधिश, वकिल र विचौलियालाई कारवाही गर्न माग गरिएको छ।
‘अदालतमा भ्रष्टाचार ब्याप्त रहेको भनी माननिय न्यायाधिश श्री हरिकृष्ण कार्कीको प्रतिवेदन, वरिष्ठ अधिवक्ताहरुले संचार माद्यममा दिएको अन्तरवार्ता र स्वयम् सर्वोच्च अदालतका न्यायाधिशहरुको स्विकारोक्ती समेतले पुष्टि गरेको हुँदा न्याय किनवेचमा संलग्न न्यायाधिश, कानुन ब्यवसायी तथा विचौलिया समेतलार्य पहिचान गरी तत्काल विधिसम्मत प्रक्रियावाट कारवाही गरियोस’– ज्ञापन पत्रमा भनिएको छ।