News

भीम रावलको घोषणाः हार्ने डर छैन, अध्यक्षमा उम्मेदवारी दिन्छु

भीम रावलको घोषणाः हार्ने डर छैन, अध्यक्षमा उम्मेदवारी दिन्छु

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले पार्टीको दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गृहजिल्ला अछामको साँफेबगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रावलले दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे। 

कार्यकर्ताको भावनाको कदर गर्दै अध्यक्षमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ । ‘मलाई हार्ने डर छैन,’ उनले भने, ‘कार्यकर्ताको भावनालाई कदर गर्दै अध्यक्षमा उठ्ने तयारी गरेको छु ।’

कार्यक्रममा उनले १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन–१२ (अपानि–१२) कार्यान्वयन नभएकोमा चर्को असन्तुष्टि व्यक्त गरे।

मंगलवार हुने भनिएको सुदुर पश्चिम प्रदेश कमिटीको वैठकलाई पनि अवैध वताएका थिए । ट्वीटरमा उनले लेखेका थिए । ‘आज हुने भनिएको कथित सुप प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानी १२ को विपरीत छ। यो गुटबन्दीको नमूना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्। अपानि १२ झापामा लागु हुने, सुपमा लागु नहुने किन? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि?’
 

भीम रावल

विशेष