News

चोलेन्द्रको समर्थनमा नेपाल वारमा तालावन्दी गर्न खोज्ने तीन महिला पक्राउ

चोलेन्द्रको समर्थनमा नेपाल वारमा तालावन्दी गर्न खोज्ने तीन महिला पक्राउ

प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराको समर्थनमा नेपाल वार एसोसिएसनको कार्यालयमा तालावन्दी गर्न गएका तीन जना महिलालाई मंगलवार प्रहरीले पक्राउ गरेको छ। जनताको आयोग महाअभियानकी अभियन्ता तारा वराललगायतका महिलाहरुलाई प्रहरीले नेपाल वार एसोसिएसनको कार्यालय अगाडिवाट पक्राउ गरेको हो ।

वरालले आन्दोलनरत न्यायाधिश र वकिलहरु भारतीय खर्चमा चलेको र विदेशीको एजेण्ट भएको आरोप लगाएकी छिन् । प्रहरीले नियन्त्रणमा लिदै गर्दा वरालले भारतीय एजेण्टहरुलाई सुरक्षा दिएर सच्चा नेपाली नागरिकलाई दुःख दिएको आरोप लगाईन।

जनताको पैसाले तलव÷भत्ता खाने अनि विदेशीको पैसामा आन्दोलन मच्चाउने न्यायाधिशहरुलाई कारवाही हुनु पर्ने उनको माग छ। 

वहालवाला न्यायाधिश, पूर्वप्रधानन्यायाधिश र सिङ्गो नेपाल वार चोलेन्द्रको विपक्षमा रहेका वेला तपाई चै किन उनको समर्थनमा भन्ने प्रश्नमा उनले भनिन्–‘पूर्वप्रधानन्यायाधिशहरुको त कुरै नगरौं। सवै फोहोरमै मुछिएर वाहिर गएका हुन । त्यो वेलामा पनि पटक–पटक राजनीतिक दलका नेताहरुले आफनो स्वार्थ पुर्ति गर्नका लागि काम गरेका न्यायाधिश हुन ती।’

अहिलेको समय भनेको चोलेन्द्रशमशेरको पीडा वुझ्नुपर्ने समय रहेको उनको भनाई छ। ‘चोलेन्द्रशमशेरले देश र न्यायक्षेत्रका लागि घाटा पुर्याएको विषय के हो ? सार्वजनिक गर्नुपर्छनी’ उनले भनिन्–‘न्यायालय कस्को हो ? न्यायाधिशको, वार एसोसिएसनको वा जनताको ? यो प्रश्नको उत्तर खोज्नुपर्ने अवस्था छ। यो लफडा हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ। न्यायालयलाई युगौयुग यस्तै वनाएर राख्ने ?’

चोलेन्द्रलाई राजनीतिक दलका नेताहरुले आवश्यक्ता अनुसार शोषण गरेर अहिले गलहत्याउन खोजेको उनको आरोप छ। ‘चाहिएको वेलामा त्यही ब्यक्तिवाट स्वार्थ पनि लुट्ने। शेरवहादुर देउवा चोलेन्द्रकै फैसलावाट प्रधानमन्त्री भए। पाँच जना न्यायाधिशको संयुक्त इजलासले परमादेश जारी गरेपछि देउवाले गठन गरेको मन्त्रिमण्डलको विषयलाई लिएर चोलेन्द्र दोशी हुँदा अरु चार जना चोखा हुन्छन ?’ उनले भनिन्–‘कि त फैसला गर्ने वेलामा चोलेन्द्र शमशेरले ‘मेरो जेठानलाई मन्त्री वनाई देउ भनेर’ चार जनालाई पहिलै भनेको थियो भने फैसला गर्नुभन्दा अगाडि किन सार्वजनिक गरेनन् यो विषय ?’

मन्त्रिपरिषद र राजनीतिक नियुक्तिमा भाग मागेर चोलेन्द्रले फैसला गरेको हो भने अन्य चार जनाले फैसलामा किन हस्तार गरे भनेर उनले प्रश्न गनि । ‘फैसला चोलेन्द्रले एक्लै गरेको हो ? अरु चार जना जिम्मेवार हुन्छनकी हुँदैनन् ? यो कुरामा पहिलै किन असहमती जनाएनन् र फैसलामा हस्ताक्षर गरे’ उनले भनिन्–‘अहिले आएर त्यो विषय उठाउन नैतिक्ताले दिन्छ ? चोलेन्द्रले भाग खोजेको विषयमा देउवा र गजेन्द्र हमाल किन चुप छन्, उनीहरुले वोल्नु पर्यो ।’ 

नेपाल वारले गरेको आन्दोलनमा भने उनको ठुलो असन्तुष्टि छ। ‘प्रधानन्यायाधिश नियुक्त गर्ने, कारवाही गर्ने, राजिनामा गराउँने, हटाउने नेपाल वारले हो ? संसद कहाँ छ ? कानुनी आधार छैनन् ? सांसद कहाँ लुकेर वसेका छन्’ उनले भनिन्–‘वारका वकिलहरुको गतिविधीहरु हेर्ने हो भने पशु हुन्, पशुभन्दा पनि निच हुन ।’

न्यायालयमा भएको अहिलेको गतिविधिमा सवैको आआफनै स्वार्थ रहेको उनको दावी छ। दिपक कार्की, मिरा खड्का लगायतका कतिपय न्यायाधिश प्रधानन्यायाधिश वन्न लागि परेका छन् भने कतिपय न्यायाधिश विदेशीको पैसाका कारण आन्दोलनमा लागेको उनले वताईन । 


 

जनताको आयोग महाअभियान तारा वराल

विशेष