News

२० लाख नगदसहित हुण्डी कारोवारी पक्राउ

२० लाख नगदसहित हुण्डी कारोवारी पक्राउ

पर्साको विरगञ्जमा एक जना हुण्डी कारोवारी पक्राउ परेका छन् । हुण्डी कारोबारको आरोपमा २० लाख रुपैयाँ नगदसहित बाराको विश्रामपुगर गाउँपालिका –५ नकटुवाका ३१ वर्षीय चन्दनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

वीरगन्ज –८ घण्टाघरस्थित सडकबाट सोमबार दिउँसो डेढ बजे ना ४८ प ७६९१ नम्बरको मोटरसाइकल चढी आदर्शनगरतर्फ जाँदै गरेका साहलाई प्रहरीले पक्राउ गरेको हो । मोटरसाईकल रोकेर चेक गर्दा उनले बोकेको झोलामा श्रोत नखुलेको २० लाख रुपैयाँ भेटिएको थियो ।

उक्त रकम बरामद गरी मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपप् ओमप्रकाश खनालले जानकारी दिए ।
 

विशेष