News

प्रधानन्यायाधिशले तोके वन्दीप्रत्यक्षीकरण वाहेकका मुद्दामा पनि पेशी

प्रधानन्यायाधिशले तोके वन्दीप्रत्यक्षीकरण वाहेकका मुद्दामा पनि पेशी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार बन्दीप्रत्यक्षीकरणबाहेकमा मुद्दामा पेसी तोकेका छन् । जबराले आफूसहित १० वटा इजलास पेशी तोकेका छन् ।

मंगलवार उनले आफूलाई एकल इजलास र अन्य १६ जना न्यायाधीशलाई ९ वटा संयुक्त इजलास तोकेका छन् । जबराले आफूलाई विभिन्न ७ वटा मुद्दामा पेसी तोकेका छन् ।

सोमबार प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरण मुद्दामा ४ वटा संयुक्त र २ वटा एकल इजलास तोकेका थिए । उनले न्यायाधीश कुमार चुडालसँग देवेन्द्र थापा मगरको मुद्दामा आफूलाई इजलास तोकेका थिए ।

प्रधानन्यायाधीशसहित तोकिएको संयुक्त इजलासमा न्यायाधीश कुमार चुडाल बसेका थिएनन् । उनले व्यस्तताको कारण देखाउँदै प्रधानन्यायाधीशसँगको संयुक्त इजलासमा बस्न नमानेको स्रोतले बतायो । चुडाल आफ्नै लागि तोकिएको एकल इजलासमा भने बसे ।

न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजालस बसेको थियो । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलास पनि बसेको थियो ।

न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले विकल्प दिनुपर्ने मागसहित सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा हेरेका छैनन् । त्यस्तै, प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले पनि लगातार आन्दोलन गर्दै आएको छ । बार एसोसिएसनले मंगलबारदेखि आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने बताएका छन् । 
 

चोलेन्द्रशम्शेर जबरा

विशेष