News देश राजनीति

चिनियाँ अधिकारीद्वारा अर्थमन्त्री तथा सभामुखसहितकाे टाेलीलाई भेट्न अस्वीकार

चिनियाँ अधिकारीद्वारा अर्थमन्त्री तथा सभामुखसहितकाे टाेलीलाई भेट्न अस्वीकार

तातोपानी–खासा नाकामा चिनियाँ अधिकारीहरुले नेपालका अर्थमन्त्री जनार्दन शर्मा र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटासँगको भेटवार्ता गर्न अस्वीकार गरेका छन् । 

अर्थमन्त्री र सभामुखसहितको टोली कार्तिक २२ गते टाटीपानी–खासा बिन्दुको भ्रमणमा गएका बेला चिनियाँ अधिकारीहरुले भेटवार्ता गर्न अस्वीकार गरेका हुन् ।

चिनियाँ अधिकारीहरुले अर्थमन्त्री शर्मा र सभामुख सापकोटासहितको टोलीलाई भेटवार्ता गर्न अस्वीकार गरेपछि अपमान भएको छ । 

चिनियाँ अधिकारीहरूले अर्थमन्त्री शर्मा र सभामुख सापकोटासहितको टोलीलाई अहिले कुनै भेटघाटको कार्यक्रम हुन नसक्ने बताएका थिए । चिनियाँ अधिकारीले बहाना बनाउँदै भनेका थिए,‘ वरिष्ठ अधिकारीहरु आधिकारिक टुरमा बेइजिङ्ग गएका छन्, त्यसैले कुनै भेटघाटको कार्यक्रम हुँदैन ।’

विशेष