News राजनीति

राजेन्द्र लिङदेनको प्रस्तावः सांसदले मन्त्री हुन नपाउने ब्यवस्था गरौं

राजेन्द्र लिङदेनको प्रस्तावः सांसदले मन्त्री हुन नपाउने ब्यवस्था गरौं

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रप्रमुखका रुपमा राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको ब्यवस्थाका लागि तयारी हुन राजनीतिक दललाई आग्रह गरेका छन् ।

शुक्रवार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन शत्रमा शुभकामना ब्यक्त गर्दै उनले यस्तो आग्रह गरेका हुन । उनले राष्ट्रप्रमुखको रुपमा राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सासंदले मन्त्री हुन नपाउने ब्यवस्था गर्न आग्रह गरे।

लिङ्देनले आम जनताको नजरमा नेताहरूले विश्वास गुमाएको वताउँदै अहिले गाउँ–गाउँमा कार्यक्रम हुँदा कुन नेता आउने भन्दा पनि कुन चाहिँ चोर आएछ भन्ने अवस्था आएको वताए ।

‘अहिले नेताहरूले पूर्ण रूपमा जनताको विश्वास गुमाएका छन्। गाउँमा कुनै कार्यक्रम हुँदा नेता आउँदै हुनुहुन्छ भन्दाखेरी कुन नेता होइन कुन चाहिँ चोर आएछ भन्ने अवस्था छ’, उनले भने।

त्यसैले नेताहरूले महाधिवेशन वैधानिकतामात्र नभएर छवि सुधार्न पहल गर्नुपर्ने उनले सुझाए। देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा दीपबाट बाहिर गएको देखिएको भन्दै जनताको विश्वास जित्नमा अग्रसर हुनुपर्नेमा उनको जोड छ।

‘देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा दीपबाट बाहिर गएको देखिन्छ। संसद संसदजस्तो छैन अदालत अदालत जस्तो छैन।’
 

विशेष