News राजनीति

पुर्वराजालाई माधव नेपालको सुझाव – पार्टी खोल्नोस वा व्यापार गर्नोस

पुर्वराजालाई माधव नेपालको सुझाव – पार्टी खोल्नोस वा व्यापार गर्नोस

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुर्वराजालाई पार्टी खोल्न र व्यापार गर्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेसको १४औ महाधिवेशन उद्घाटन शत्रलाई सम्वोधन गर्दै नेता नेपालले राजनीतिमा कालो बादल मडारिन खोजिरहेको बताए। उनले राजतन्त्र फिर्ता गराउने शक्तिको सल्बलाहटतर्फ संकेत गर्दै प्रतिगामी तत्वलाई टाउको उठाउने दुस्साहस नगर्न चेतावनी दिए ।

पूर्वराजातर्फ संकेत गर्दै उनले भने– ‘राजाले पनि एउटा नयाँ पार्टी खोले हुन्छ । व्यापार गरे हुन्छ । वंशको शासन स्वीकार्य छैन । राष्ट्रियताको रक्षा जनताले गर्न सक्दछौं । सामाजिक न्याय, समानता र समृद्धिको यात्रामा हामी अघि बढ्नुपर्छ।’

उनले राजनतन्त्रको सपना देखिरहेकाहरुलाई संकेत गर्दै अगाडि भने–‘म सावधान भन्न चाहन्छु । प्रतिगामी तत्वहरूलाई भन्न चाहन्छु । फेरि टाउको उठाउने दुस्साहस नगर्नुहोस् । अब नदीको प्रवाह अघि बढिसकेको छ त्यो फेरि पछाडि जाँदैन।
 

माधवकुमार नेपाल

विशेष