News

एनसेलद्वारा नेपाल आजलाई विज्ञापनको प्रलोभन, समाचार हटाउन दवाव (श्रृंखला– ६)

एनसेलद्वारा नेपाल आजलाई विज्ञापनको प्रलोभन, समाचार हटाउन दवाव (श्रृंखला– ६)

दुरसञ्चार सेवा प्रदायक कम्पनी ‘एनसेल’ ले नेपाल आजलाई विज्ञापनको प्रलोभन दिन थालेको छ। एनसेलमा कर्मचारीका विचमा भएको विभेद तथा त्यहाँका विकृति र विसंगतीका विषयमा नेपाल आजमा समाचार आउन थालेपछि यस्तो प्रलोभन दिईएको हो ।

एनसेलका कर्मचारीले विज्ञापन लिन आग्रह गर्दै त्यसको वदला हालसम्म प्रकाशित समाचार हटाउन सर्त राखेका छन् । एनसेलका कर्मचारी मात्र नभई नेपाल आजलाई प्रभावमा पार्न ‘आउटरिच नेपाल प्रालि’ नामको एजेन्सीलाई समेत परिचालित गरिएको छ। 

एजेन्सीको तफवाट पनि समाचार हटाउन र विज्ञापन लिएर जान अफर गरिएको छ । यसअघि एनसेलका कर्मचारीहरुले समाचार हटाउन दवाव दिने र धम्क्याउने गर्दै आएका थिए । 

नेपाल आजमा प्रकाशित समाचारका विषयमा एनसेलका कर्मचारीले फोन गरेर ठिक पार्ने धम्की दिएका थिए । एनसेलका कर्मचारीहरुले नेपाल आजका सञ्चालक माधव गुरागाईलाई फोन गरेर धम्की दिने गरेका थिए ।

एनसेल केन्द्रीय कार्यालयमा तलव सुविधा वृद्धिको माग गर्दै कर्मचारीहरु आन्दोलनमा छन् । कर्मचारी–कर्मचारीविचमा विभेद गरेको, श्रम शोषण गरेको, प्रत्येक २÷२ वर्षमा सामुहिक सौदाबाजी अनुसार कर्मचारीको तलब तथा सुबिधा बढाउने सहमति कार्यान्वयन नगरेको, जथाभावि कर्मचारी हटाएको लगायतका माग राखि विगत ६ महिनादेखि कर्मचारीहरु आन्दोलन गरिरहेका छन् ।

तर, कंपनीले हालसम्म आन्दोलनको सुनुवाई नगरेको विषयमा नेपाल आजले समाचार वनाउँदै आएको छ। तिनै समाचार हटाउन एनसेलले अहिले धम्कीदेखि प्रलोभनसम्मका अस्त्र प्रयोग गरिरहेको छ।
एनसेलका कारण संवेदनशिल सूचना विदेशीको हातमा ! (श्रृंखला– ५)

एनसेलका कर्मचारीको आन्दोलनमा श्रीवास्तवका भिजिलान्ते ! (श्रृंखला– ४)

एनसेल आतंकः समाचार हटाउन दलाल मार्फत लगातार धम्की (श्रृंखला– ३)

आन्दोलनको समाचार हटाउन एनसेल कर्मचारीको दवाव, नहटाए ठिक पार्ने धम्की (श्रृंखला– २)

एनसेल कर्मचारीलाई बमले उडाईदिने श्रीवास्तवको धम्की (श्रृंखला– १)

एनसेल

विशेष