लिङ्देनको अभिब्यक्तिले ओली र प्रचण्डलाई जलन !
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुलाई जनताले ‘चोर’ भन्न थालेको वताएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता पुस्पकमल दाहाल प्रचण्ड क्रुद्ध भएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना ब्यक्त गर्दै अध्यक्ष लिङ्देनले नेताहरूलाई गाउँघरमा ‘चोर आयो भन्न थालिसके’ भन्ने अभिव्यक्ति दिएका थिए ।
उनको अभिब्यक्तिप्रति ब्यंग्य गर्दै एमाले अध्यक्ष ओलीले भने– भर्खर भर्खर जन्मेको बाछो हिँड्न जान्दैन, बेसी कुद्छ ।’
अध्यक्ष ओलीले अहिले पनि त्यस्ता भ्रमपूर्ण अभिव्यक्ति र सपना नराख्न आग्रह गरे । ‘आज पनि नेपालका नागरिकहरूले नागरिक स्वाभिमान बिर्सने, जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त निराधार सिद्धान्त र नागरिक स्वाभिमानविपरीतका सिद्धान्त हुन्,’ ओलीले भने ।
यसैगरी माओवादी अध्यक्ष दाहालले पनि अध्यक्ष लिङ्देनको भनाई गलत भएको वताएका थिए । कार्यक्रममा वोल्दै लिङ्देनले भनेका थिए–‘अहिले नेताहरूले पूर्ण रूपमा जनताको विश्वास गुमाएका छन्। गाउँमा कुनै कार्यक्रम हुँदा नेता आउँदै हुनुहुन्छ भन्दाखेरी कुन नेता होइन कुन चाहिँ चोर आएछ भन्ने अवस्था छ।’
उनले नेताहरूले महाधिवेशनको वैधानिकतामात्र नभएर छवि सुधार्न पहल गर्नुपर्ने पनि सुझाएका थिए।