News राजनीति

एक वर्षको दुस्मनी भुलेर कसरी आउँछ नक्कली हाँसो ?

एक वर्षको दुस्मनी भुलेर कसरी आउँछ नक्कली हाँसो ?

संसद विघटन र नेकपा विभाजनपछि आमने–सामने नभएका र एक अर्काप्रति सत्रुको ब्यवहार गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले शुक्रवार मञ्च शेयर गरेका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा उनिहरु एउटै मञ्चमा देखिए । केही ढिलो गरी पुगेका ओलीलाई कांग्रेस सभापति शेरवहादुर देउवाले नमस्कार गर्दै स्वागत गरे। तर, प्रचण्डले ओलीलाई नमस्कार समेत गरेनन् ।

प्रचण्डले मन्तव्य राखेर फर्किँदै गर्दा ओलीले ताली बजाए, त्यस क्रममा उनीहरुबीच हाँसो ठट्टा भएको थियो । मञ्चमा बसिसकेपछि पनि उनीहरुविच ‘क्रस टक’ भएको थियो ।

दुवै नेता करिब १ वर्षपछि एउटै मञ्चमा देखिएका हुन। तर, मञ्चमा रहेका माधवकुमार नेपालसँग भने ओलीको कुराकानी भएन । रुघाखोकीका कारण बिहीबार प्रेस चौतारीको एउटा कार्यक्रममा नगएका ओली शुक्रबार भने कांग्रेस महाधिवेशनमा सहभागी भएका छन् ।

पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र दाहाल एउटै मञ्चमा देखिन छाडेका थिए । तत्कालीन नेकपा सचिवालयको ७० औं बैठकमा ओलीमाथि दर्जनौं संगीन आरोप लगाउँदै दाहालले प्रस्ताव पेस गरेपछि दुई नेताबीचको सम्बन्ध बिग्रिएको थियो ।

पुस ४ गते खुमलटारस्थित दाहाल निवासमै पुगेर ओलीले आरोपपत्र फिर्ता लिन आग्रह गरेका थिए । उनले प्रस्ताव फिर्ता नभए आफू जस्तोसुकै अप्रिय कदम चाल्न पनि पछि नपर्ने संकेत गरेका थिए । त्यही संकेतअनुरुप नै उनले पुस ५ गते बिहान प्रतिनिधिसभा विघटनको निर्णय गरे । त्यसपछि ओली र प्रचण्डले एक अर्कामाथि आक्षेप लगाउने र भित्तामा पुर्याउने कुरा गर्दै आएका छन् । उनीहरुको शुक्रवारको हार्दिकता पनि देखावटी मात्रै भएको नेताहरु वताउँछन् ।
 
एमालेको दसौं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा गए पनि दाहाल सहभागी भएका थिएनन् । माओवादीले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई उद्घाटन समारोहमा पठाएको थियो । एमालेले भने एकीकृत समाजवादी पार्टीलाई अवैधानिक करार गर्दै निम्तो नै पठाएको थिएन ।
 

केपी शर्मा ओली पुस्पकमल दाहाल ‘प्रचण्ड’

विशेष