News राजनीति

जनता प्रगतिशील नेपाल पार्टी घोषणा गर्दै हृदयश त्रिपाठी

जनता प्रगतिशील नेपाल पार्टी घोषणा गर्दै हृदयश त्रिपाठी

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट अलग भएका नेता हृदायश त्रिपाठीले जनता प्रगतिशील नेपाल पार्टी घोषणा गर्ने भएका छन् । मङ्सिर अन्तिम साता एक कार्यक्रमको आयोजना गरी नयाँ पार्टी घोषणा गर्ने त्रिपाठीको तयारी छ।

पार्टीमा तत्काल त्रिपाठी मात्र संयोजक रहने छन् । आफ्नो समूह बाहेकका व्यक्तिहरू पनि नयाँ पार्टीमा आउने भएकाले अहिले नै कमिटी विस्तार नगर्ने उनले वताएका छन् । नयाँ पार्टी घोषणा भइसकेपछि कमिटी विस्तार गर्ने त्रिपाठीको योजना छ।

गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए । प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता तथा प्रदेशसभामा एक जनाले चुनाव जितेका थिए। 
 

हृदायश त्रिपाठी

विशेष