News राजनीति

रामचन्द्र पौडेललाई सभापति वनाउन कांग्रेसमा समर्थन जुट्दै

रामचन्द्र पौडेललाई सभापति वनाउन कांग्रेसमा समर्थन जुट्दै

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति वनाउन समर्थन जुट्न थालेको छ।

उपसभापति विमलेन्द्र निधिले रामचन्द्र पौडेल सभापतिमा सर्वसम्मत भए आफू बाधक नबन्ने बताएका छन्। शुक्रबार राजधानीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता निधिले पौडेललाई सर्वसम्मत सभापतिमा समर्थन गरे आफू पछि हट्ने बताएका हुन्।

नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका आकांक्षी समेत रहेका उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई समर्थन गरेको खण्डमा आफू पछि हट्ने बताए।

यसअघि शेखर कोइरालाले पनि पौडेललको नाममा सहमति भए आफू पछि हट्ने घोषणा गरेका  छन् । कांग्रेस महाधिवेशनको उद्घानसत्र आज दिउँसो हुँदैछ। आजसम्म  संस्थापन पक्ष र संस्थापनइतर पक्षले प्यानल घोषणा गर्न सकेका छैनन्। आकांक्षी बढि देखिएकाले दुवै पक्षलाई  सर्वसम्मत पदाधिकारी  घोषणा गर्न सकस भएको हो।
 

नेपाली काँग्रेस रामचन्द्र पौडेल

विशेष